कञ्चनपुरमा थपिएका १९ संक्रमित कुन ठाँउका हुन् ? पढ्नुस्

महेन्द्रनगर २६ जेठ । कञ्चनपुरमा आज एकैदिन १९ जना कोरोना संक्रमित थपिएका छन् । धनगढी स्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कञ्चनपुरका १९ जनामा कोरोना पुष्टि भएको हो। उनीहरु मध्ये सबैभन्दा पुर्नवास नगरपालिकाका १३ जना रहेका छन्।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ सम्पर्क व्यक्ति सिद्धराज भट्टले आज पुर्नवास नगरपालिका वडा नम्बर ९ का ११ जना, वडा नम्बर ६ र २ का एक÷एकजनामा कोरोना पुष्टि भएको बताए।

यस्तै भीमदत्त नगरपालिका वडा नम्बर ६ का दुईजना, वडा नम्बर १८ का एकजना, वडा नम्बर १७ का एकजना र वडा नम्बर २ का एकजना तथा शुक्लाफाँटा नगरपालिका ७ का एकजना रहेका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाका क्रमशः १९, ४३, २९, ४० , ४८ २० , २४ , ३१, ३९, ३०, २७, २२, २६ बर्षीय पुरुषमा पिसिआर पोजेटिभ पाइएको छ ।

भीमदत्त नगरपालिकाका क्रमशः २३, २५,२२ बर्षीय पुरुष र ३२ तथा ४२ बर्षिया महिलामा संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ ।

शुक्लाफँटा नगरपालिाका २० बर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

ताजा समाचार