कोरोना संक्रमणका कारण स्याङजा, बालिङका ६० वर्षिय पुरुषको निधन भएको छ। उनको गएराति पोखरा स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा मृत्यु भएको हो।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/dodhara-chandani.jpg)
उनलाई बालिङबाट हिजोमात्र उपचारको लागि पोखरा ल्याइएको थियो।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Krishnapur.jpg)
अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार उनी मृगौला, मधुमेह लगायतका रोगबाट समेत पीडित थिए।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Untitled-1-Recovered.jpg)
मृतकका छोरी र श्रीमतिलाई मालेपाटनको क्वारिन्टिनमा राखिएको छ। उनलाई केही दिन अघि भारतीय सीमानाबाट उद्धार गरेर ल्याइएको थियो।
यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)