कञ्चनपुरका थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १० पुग्यो

देश संवाददाता


महेन्द्रनगर २४ जेठ ।
कञ्चनपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी देखिएको छ ।

कञ्चनपुरको माहाकाली नगरपालिकाकाका ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।

उनका अनुसार आरडिटि पोजेटिभ देखिएपछि महाकाली अस्पतालमा रहेका ती पुरुषको पिसीआर रिर्पोछ पनि पोजेटिभ देखिएको हो । उनिसँगै अन्य दुई जनामा पनि पिसिआर पोजेटिभ देएिको उनको भनाई छ ।

उनिहरु तीनै जना भारतबाट आएका हुन् । ‘एक हप्ता अघि अस्पतालले स्वाब संकलन गरि पठाएको थियो ।’ अध्यक्ष जोशीले भने ‘धनगढी प्रयोगशालामा स्वाब परिक्षणपछि पोजेटिभ देखिएको खबर फोनबाट प्राप्त भएको छ, तर आधिकारीक रुपमा पुष्टी हुन बाँकी छ ।’

यसअघि कञ्चनपुरका ९ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा महाकाली अस्पतालमा उपचार भईरहेका छ ।

ताजा समाचार

This will close in 10 seconds