महेन्द्रनगर २४ जेठ । कञ्चनपुरको महाकाली अस्पतालमा रहेका थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
आरडीटी परिक्षण पोजेटिभ देखिएका उनिहरुको पििसआर रिर्पोट पनि पोजेटिभ आएको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
उनका अनुसार उनिहरु तीनै जना भारतबाट आएका हुन् । ‘एक हप्ता अघि अस्पतालले स्वाब संकलन गरि पठाएको थियो ।’ अध्यक्ष जोशीले भने ‘धनगढी प्रयोगशालामा स्वाब परिक्षणपछि पोजेटिभ देखिएको खबर फोनबाट प्राप्त भएको छ, तर आधिकारीक रुपमा पुष्टी हुन बाँकी छ ।’
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)