यस्तो छ तीन दिनको मौसम ?

काठमाडौं – नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम पूर्वानुमान बुलेटिन अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको उल्लेख छ।

शनिबार प्रदेश १,२, र बागमती प्रदेशमा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ मा सामान्य बदली रहनेछ। प्रदेश १,२, र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १,गण्डकी र बागमती प्रदेशमा पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १, गण्डकी र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार देशका धरैजसो स्थानमा सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार प्रदेश १, गण्डकी, बागमती, कर्णाली, सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र ५ मा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदूरपश्चिम प्रदेश २ र ५ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रदेश १,२, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातकोसमेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ताजा समाचार

This will close in 10 seconds