सामान्य लक्षण भएका कोरोना संक्रमितले अब घरमै आइसोसलनमा बस्न पाउने(निर्देशिकासहित)

२१ जेठ, काठमाडौं । अब लक्षण नदेखिएका र कम देखिएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनका लागि मापदण्ड बनाएको छ । यसअनुसार अब कसैको कोरोना परीक्षण नजिता पोजेटिभ आएमा लक्षण नभएका (एसिम्योयाटिक), हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो भनेर यकिन गर्नुपर्छ ।

र, लक्षण नभएका र हल्का लक्षण भएकाहरु घरमै आइसोलेसनमा बस्न सक्नेछन् । तर यसका लागि पालना गर्नुपर्ने सर्तहरु छन् ।

हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरुमार्फत मगाउने, खानपिनमा सावधानी, दिनमा तीन पटक ज्वरो जाँच गर्नेलगायत छन् ।

यसरी आइसोलेनमा बसेकाहरु मध्ये लक्षण नदेखिएकाहरु १४ दिनपछि छुट्नेछन् भने हल्का लक्षण देखिएकाहरु १४ दिनपछि लक्षण निको भएको तीन दिनपछि आइसोलेसननबाट निस्कन सक्नेछन् । यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणीकरण गर्नुपर्नेछ ।

यस्तो छ आइसोलसन व्यवस्थापनसम्बन्धी निर्देशिका

ताजा समाचार

This will close in 10 seconds