नेकपा माओवादी केन्द्र कञ्चनपुरको पार्टी कार्यालय ब्यूँताईयो


कञ्चनपुर ,
सर्वोच्च आदालतले पुर्ववत नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई अलग अलग पार्टीकै अस्थित्वमा फैसला गरिदिएपछि नेकपा माओवादी केन्द्र कञ्चनपुरले समेत पार्टी कार्यालय ब्यूँताएको छ ।शुक्रबार एक कार्यक्रमका विच नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता कार्यकर्ताहरुले भीमदत्त नगरपालिका १८ जानकी टोल स्थित जिल्लाको पार्टी कार्यालय ब्यूताएको हो । यस अघि नेकपा एमालले पार्टी कार्यालयमा नेकपा बोड हटाएर नेकपा एमालेको बोर्ड राखेर ब्यूताएको थियो ।एमाले एमालेतिर माओवादी माओवादीतिर फर्किएका छन । तर, सत्ताको लोभले केही माओवादी केन्द्रका नेताहरु एमालेतिरै टाँस्सिएको माओवादी केन्द्र कञ्चनपुरका नेताहरुले बताएका छन । बोर्ड राखेर नेकपा माओवादी केन्द्रका नेताहरुले एमालेतिर गएका केही नेता, संसद मन्त्रीलाई शत्ता, शक्तिका लागि ओलीको पछाडी नलाग्न सुझाव दिएका छन ।
आफुहरुलाई माओवादी आन्दोलन भनेर समावेस गराउने कुर्सीका लागि आफ्नो धरातल भुल्ने फुटमा रमाउने प्रकृतिका कारण कम्यूनिष्ट आन्दोलन कमजोर बन्दै गएको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता शंकर कुवँरले सर्वोच्चको फैसलासंगै माओवादीले कार्यान्वयन गरेकोे बताए । उनले एमाले भित्र प्रतिगमन बिरुद्ध नेकपा हुँदा संगसंगै लडेका नेपाल पक्षसंग सहकार्य गरेर अघि बढ्ने बताए । नेकपा माओवादी पार्टी कार्यालय ब्यूताँउदै नेताहरुले प्रतिगमन बिरुद्ध सबै माओवादी घटक एकजुट हुनुको विकल्प नभएको बताएका थिए । माओवादी घटक, प्रचण्ड, बाबुराम, बैद्य विप्लव सहितका कम्यूनिष्ट एकजुट भएर प्रतिगमन बिरुद्ध जागकरण ल्याउनुका साथै संस्थागत राजनीतिको पक्षमा काम गर्नुपर्नेमा जोडदिएका छन । पार्टी कार्यालय ब्यूताउने कार्यक्रममा प्रदेश सभा सदस्य महेश दत्त जोशी, लालझाडी गाँउपालिका प्रमुख मदनसेन बडायक, उप प्रमुख सत्यादेवी महरा, माओवादी नेता देबेन्द्र ढुङगाना, कञ्चन भाट, सीमा जोशी, नरहरी नाथ लगायत माओवादी नेता, विद्याथीृ, मजदुर, महिला सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img