कञ्चनपुर,

कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आयोजित लिटिल बुद्ध एकेडेमी कप फुटबलको उपाधी इन्टरनेशनल पब्लिक स्कुलले जितेको छ।लिटिल बुद्ध एकेडेमीले फागुन २० गते देखि महेन्द्रनगरको खुलामञ्चमा आयोजना गरेको लिटिल बुद्ध एकेडेमीले विद्यालय स्तरीय लिटिल बुद्ध एकेडेमी कप-२०७७ फुटबल प्रतियोगिताको फाइनलमा रौलेश्वर माध्यमिक विद्यालय र इन्टरनेशनल पब्लिक स्कुल पुगेका थिए।
प्रतियोगिताको फाइनल खेल जिल्लाको दक्षिणी क्षेत्रको सामुदायिक विद्यालय रौलेश्वर माध्यमिक विद्यालय बेलडाँडी र संस्थागत विद्यालय इन्टरनेशनल पब्लिक स्कुल बिच खेलमा २-० गोलको अन्तरले रौलेश्वर मा.बि लाई लाई हराउदै उपाधी इन्टरनेशनलले जितेको हो।
प्रतियोगिताको च्याम्पियन हुने टिम इन्टरनेशनलले नगद २५ हजार ट्रफी प्रमाणपत्र र मेडल हात पारेका छन् । भने उपविजेता टिम रौलेश्वरले नगद पुरस्कार १२ हजार ५ सय ट्रफि प्रमाणपत्र मेडलमा जित्त बुझाएको हो।

समापन कार्यक्रमका सभापति विद्यालय संचालन समितीका अध्यक्ष प्रेम बहादुर खाती ,प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सहायक महासचिव भीमबहादुर थापा ,सुदूरपश्चिम फुटबल संघका सदस्य नितेश रावल लगायत विद्यालयका प्रतिनिधिहरु,खेलाडी खेलप्रेमीहरु को उपस्थिति रहेको थियो।


