पुनर्वास

पुनर्वास नगरपालिका-५ स्थित श्री शिव मन्दिर सेवा समितिद्वारा एकदिने शिवरात्री देउडा कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्दिर प्राङ्गणमा बिहिवार शिबरात्रीका दिन विभिन्न कार्यक्रम सहित रात्रीकालिन डेउडा प्रतियोगिता हुने मन्दिर समितिका अध्यक्ष राम रोकायाले जानकारी दिए ।

कार्यक्रममा डेउडा गायकहरु पदमराज जोशी, जगत सायर, पाउना थापा, तुली बुढा र दिपा धामी सहभागी रहनेछ भने अन्य कार्यक्रममा क्यारेमबोर्ड प्रतियोगिता, बेलुन फुटाई, कुर्सी चाल, मिठाई दौड, घैटो फुटाई आदि हुने अध्यक्ष रोकायाले बताए । उहाँले सम्पुर्ण जनसमुदाय तथा देउडा प्रेमीहरुलाई उपस्थित भइ मनोरञ्जन गरि कार्यक्रमलाई सफल बनाईदिनहुन अनुरोध गर्नुभएको छ ।







