असल नागरिक अभियान गठनगरी अभिमुखिकरण कार्यक्रम सम्पन्न


महेन्द्रनगर ,

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१५ मा असल नागरिक अभियान गठनगरी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

यु एस ए आई डि को साझेदारी संघियता सहयोग कार्यक्रम अन्तरगत रचनात्मक नागरिक संलग्नता प्रबद्धन गर्ने उदेश्यले मंगलबार प्रभादेवी धानुकको अध्यक्षतामा समुहको गठन गरि अभिमुखि कार्यक्रम सम्पन्न गरिएको हो ।
समुहले वडास्तरमा स्थानीय सरकारसँग समुदायमा आधारित विविध खालका लक्षित समूहहरुले आफ्ना, रुचि, चासो, माग एवम् प्रत्यक्ष सरोकारका विषयहरु राख्न सक्ने स्थान सिर्जना गर्ने, नागरिक शिक्षा, सचेतना, शिप तथा संस्थागत क्षमता अभिबृद्धिकालागी काम गर्ने, स्थानीय सरकारले समुदाय स्तरमा सञ्चालन गर्ने विकास निर्माण एवम् नागरिक शिक्षा÷सचेतना जस्ता क्रियाकलापहरुमा लक्षित वर्गको रचनात्मक सम्लग्नता अभिवृद्धि गर्ने र स्थानीय सरकारसँग सार्वजनिक चासोका विषयमा तथ्य र प्रमाणमा आधारित रहेर मर्यादित र जिम्मोवार नागरिकको हैसियतमा नियमित सम्वाद, अन्तरक्रिया, पृष्ठपोषण तथा जनबकालतका क्रियाकलापहरु संचालन गर्ने छ । प्रभा देवी धानुक प्रगति सामुदायिक समुहकी अध्यक्ष पनि हुन । जुन समुह एच.आई.भि. सक्रमित तथा प्रभावित हरुको समुह हो ।

अभिमुखि कार्यक्रमको सहजिकरण यु एस ए आइ डी साझेदारी संङ्घियता सहयोग कार्यक्रमका कञ्चनपुर जिल्ला नागरिक संगलग्नता संयोजक देव राज बडु ले गरेका थिए ।


ताजा समाचार

spot_img