नेपाल प्रहरीद्धारा दोधारा चाँदनीको महाकाली पक्की पुल नजिक सडेको माछा बरामद


दोधारा 

दोधारा चाँदनीको नेपाल–भारत सीमा क्षेत्रबाट छलेर नेपाल भित्राउदै गरेको सडेको माछा प्रहरीले बरामद पछि नष्ट गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ को नेपाल–भारत सिमा क्षेत्रमा भारतिय बजारबाट भित्र्याउदै गरेको झण्डै ६० केजी सडेगलेको माछा बरामद गरि स्थानिय र सरोकावालाको रोहवरमा खाल्डोमा हालेर नष्ट गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् ।

No description available.

आज अपरान्ह ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले सिमावर्ती भारतिय बजारबाट ल्याउदै गरेको अवस्थामा दोधारा चाँदनी नगरपालिका वडा नं. १ महाकाली पक्की पुल क्षेत्रमा झण्डै ६० केजी सडेगलेको माछा बरामद गरेको हो । प्रहरीको टोलीलाई देखेर ब्यापारी माछा छाडेर भागेको बताईएको छ् । सडेगलेको माछाले सर्बसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुदा भन्सार छलेर भारतबाट ल्याएको माछालाई बरामद गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बमले बताएका छन् । बरामद गरिएको माछा बिभिन्न ब्यक्तिको रोवहरमा नष्ट गरिएको प्रहरीले बताएको छ् । केही दिन देखि महाकाली पक्की पुल क्षेत्रमा तस्करी बढीरहेको खबर पाएपछि प्रहरीले उक्त क्षेत्रमा सुरक्षा ब्यवस्थामा कडाई गर्न थालेको छ् ।

No description available.

महाकाली पक्की पुलमा ब्यापारीहरुले स्थानियहरुलाई प्रयोग गरि दैनिक उपभोग्य सामग्री भन्दै ढुवानी गर्ने र पक्की पुलको भिमदत्त नगर क्षेत्रमा ब्यापारीक गोदाम बनाई उक्त समाग्रीलाई ब्यापारी प्रयोजनको लागी पठाईने गरेको समाचार श्रोतको भनाई रहेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले महाकाली पक्की पुल क्षेत्रमा सुरक्षा ब्यवस्था कडा बनाउदै गएको जनाएको छ् । बिश्व ब्यापीरुपमा देखिएको कोरोना भाइरसको कारण समेत दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत खुला सिमा क्षेत्रमा माछा, कुखुरा तथा पशुपन्छीजन्य बस्तुमा आयात, निर्यातमा प्रहरीले कडाई गर्दै आएको छ् ।


ताजा समाचार

spot_img