गोदाबरीमा हिन्दुत्वका लागि धार्मिक सम्मेलन हुने


कञ्चनपुर,
हिन्दुत्वका लागि गोदाबरीमा धार्मिक सम्मेलन हुने भएको छ । विश्व हिन्दु युवा संघ सुदूरपश्चिम प्रदेशले बिहीबार(२७ फागुन)मा धार्मिक सम्मेलन हुने भएको हो ।

सोमबार विश्व हिन्दु युवा संघले महेन्द्रनगरमा पत्रकार सम्मेनल गर्दै हिन्दुत्व र हिन्दु राज्यका लागि धार्मिक सम्मेलन आयोजना गरिएको जनाएकोछ । विश्व हिन्दु युवा संघ सुप प्रदेशका अध्यक्ष सम्राट सिहले नेपालीको सनातन मुल धर्म नासिँदै गएपछि हिन्दु धर्मका लागि सम्मेलन आयोजना गरिएको बताए ।

सम्मेलन उद्घाटनका लागि विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष रामचन्द्र अधिकारी, विश्व हिन्दु महासंघ बरिष्ठ उपाध्यक्ष ज्योत्सना साउँद सहितका धार्मिक गुरुबाट सम्मेलन उद्घाटन गरिनेछ । अध्यक्ष सिहले झाँकी सहित सुदूरपश्चिेमली जनताको लोक परम्परागत संस्कृतिको उजारक गर्नका लागि सबै समुदायको नृत्य सहित साँस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । ‘हाम्रो लोक मौलिक संस्कृतिमाथि विदेशीले हस्तक्षेप गरे, ‘अध्यक्ष सिहले भने, ‘हामी अब आफ्नो धर्म संस्कृति बचाउँछौँ ।’ १० औँ हजार जनमास सहित प्रस्तुत गरिनेछ । ‘हामी राष्ट्रिय बिभूतीलाई सम्मान गछौँ, ‘उनले भने, ‘देशको एकिकरण गर्ने पृथ्वी नारायण शाह सहित विभुतीलाई सम्मान गछौँ ।’ विश्व हिन्दु युवा संघले कसैलाई भातमासु खुवाएर पेट्रोल नहालीकनै सहभागि हुने बताए । विश्व हिन्दु युवा संघका केन्दीय सदस्य सिरोमणी कुमार ओझाले हिन्दुधर्ममाथि विदेशी समुहले गैर सरकारी संस्था(एनजिओजी) परिचालन गरेर धर्म निरपेक्षता गरिएको बताए । ‘हिन्दुधर्मको बहुल संख्या भएको देशका किन ? धर्म निरपेक्षता गरियो, ‘नेपाललाई हिन्दुराज्य घोषणा गर्नुपर्छ ।

हिन्दुका नाममा केही गलत तत्वले खेलिरहेको बताउदै उनले हिन्दुत्वको कार्यमा जोडदिए । विश्व हिन्दु युवा संघ कैलालीका अध्यक्ष दिनेश कलेलले संसारकै ९८प्रतिशत हिन्दु रहेको नेपाललाई हिन्दुराज्यको खाँचो रहेको बताए । विश्व हिन्दु युवा संघ बैतडीका अध्यक्ष लक्ष्मण भण्डारीले जनताको माग अनुरुप हिन्दुराज्यको माग अघि सारिएको बताए । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएकोछ । सम्मेलनमा सहभागिताका लागि समेत आयोजकले नागरिक संघ अपिल गरेको छ ।


ताजा समाचार

spot_img