दोधारा

दोधारा चाँदनी नगरपालिका वडा नं. १० र भारत उत्तर प्रदेश पिलिभित नौजलीया गाँउ १८ नम्बर र १९ नम्बर सीमा स्तम्भले छुट्टिएका छन् । दुबै तिरका वासिन्दा दशगजा भएर ओहोरदोहार गर्छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० शँन्ती टोलबाट जाँदा जगबुडा नदी तर्नु पर्छ भने कुतियाकवरबाट उक्त बस्ती जानु पर्दा भारतको भुमी टेकेर जानु पर्छ । अठार नम्वर पिल्लर बस्तीमा वस्तीमा ६ घर परिवार बसोबास गर्छन् ।

२०२४ साल देखि यस क्षेत्रमा बसोबास गरिएको हो । अहिले १८ नम्बर वस्तीमा बसोबास गर्ने सबै वासिन्दा दैलेख पुख्र्यौलीका छन् । बिगतका दिनह?मा झण्डै ३० घरधुरी थिए । जगबुडा नदीले बस्ती क्षेत्रमा कटानी गर्न थालेपछि धेरै परिवार वस्ती छाडेर हिडे । ती मध्य अहिलेका ६ घरपरिवार भने त्यहीं बसिरहेका छन् । भारतीय सहरमा मजदुरी र खेती किसान गरी उनीह?ले जीविका चलाउदै आएका छन् । उनीह? भारतका अन्य शहरमा समेत गएर नौकरीका जाने गरेका छन् । वस्तीमा अधिकांश खर र टिनले छाएका कच्ची घर छन् । ती सबै घरमा सौर्य बत्ती जडान गरिएको छ् । बस्तीमा बिद्युत सेवा नभएकै कारण उनिह?को घरमा छानामा सोर्य प्लेट छन् । वस्तीको पाएक पर्ने बिद्यालय ओंमकार आभारभुत बिद्यालय भएपनि जगबुडा नदीको कारण उनिहरुले भारतिय बिद्यालयमा आफ्ना नानी पढाउदै आएका छन् ।

अहिले आएर बस्तीलाई जोड्न झोलुङ्गे पुल निमार्ण हुन थालेपछि स्थानियहरुमा खुशीको लहर छाएको छ् । गत वर्ष पुल निमार्णको लागी सामग्री खरिद गरेको र यस वर्षबाट पुलको निमार्ण कार्य सुरु भएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्राबिधिकहरुले जनाएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयका ईन्जिनियर दिपेन्द्र भट्टका अनुसार यस आर्थिक वर्षमा अठार नम्वर पिल्लर बस्तीमा पुल निमार्ण हुने बताएका छन् । पुल निमार्णको जिम्मा अठार नम्वर पिल्लर बस्ती उपभोक्ता समितिले लिएको छ् । पुल निमार्ण कार्य तिब्र गतीमा संचालनमा छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयका ईन्जिनियर दिपेन्द्र भट्टका अनुसार अठार नम्वर पिल्लर बस्तीको झोलुङ्गे पुलको लम्बाई १ सय २० मिटर र चौडाई १ दशमलव ५ मिटर रहने छ् ।
स्थानिय सन्त बहादुर सुनारले पुल निमार्णको थालनी भएपछि बस्तीमा खुशीयाली छाएको बताएका छन् । बिगतका दिनह?मा जगबुडा नदीको कारण नेपालबाट अलग्गीएर रहदै आएको अठार नम्वर पिल्लर बस्तीमा पुल निमार्ण संग नेपालमा बल्ल जोडिएको आफुले महशुस गरेको स्थानिय सन्त बहादुर सुनारले बताए । पुल निमार्ण पछि बस्तीमा हरेका कुरामा सहजता आउने उनले बिश्वास गरेका छन् । अठार नम्वर पिल्लर बस्ती क्षेत्रमा झण्डै ९० बिघाह भन्दा बढी जग्गा छन् । जगबुडा नदीमा सदैव पानी बगिरहने हुदा बस्तीमा स्थानियहरु नेपालको बजार आउनुको साटो भारतिय बजारहरुमा जान बाध्यता भएका छन् । अझै पनि धेरै कुराको अभावमा जिवन ब्यतित गर्दै आएका बस्तीमा स्थानियह?ले पुल निमार्ण हुने भएपछि सबै थोकको बिकास भएको महशुस गरेका छन् । पुल निमार्ण संगै बस्तीमा खुशकिो लहर छाएको उनिह? बताउछन् । वर्षाको बेला सम्पर्क बिहिन हुदै आएको अठार नम्वर पिल्लर बस्ती स्थानिय सरकारको आगमन पछि बिकासको मुहार फेर्न थालेका स्थानियहरुको बुझाई रहेको छ् ।
पुल निमार्ण संगै अठार नम्वर पिल्लर बस्तीको मुहार फेरिने ओंमकार आधारभुत बिद्यालयका प्रधानध्यापक टंकलाल जोशीले बताएका छन् । निकै दयनिय अवस्थामा रहदै आएका अठार नम्वर पिल्लरका स्थानियहरुले बल्ल आएर न्याय पाएको आफुहरुले महशुस गरेको प्रधानध्यापक जोशीको भनाई रहेको छ् । संघिय सरकारको योजना अनुसार रु.९४ लाख १९ हजार ३ सय १३ रुपिँयाको लागतमा अठार नम्वर पिल्लर बस्तीमा झोलुङ्गे पुल निमार्ण हुन लागेका हो ।






