सुप प्रदेशका संसद जोशी प्रचण्ड नेपाल समुहकै फर्किए


कठमाण्डौँ

सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा कञ्चनपुरका नेता महेश दत्त जोशी पुन नेकपा प्रचण्ड नेपाल पक्षमै फर्किएका छन । संसद विघटन पनि गत पुषमा नेकपा ओली समुहमा गएका जोशी फागुन तेस्रो साता नेकपा प्रचण्ड नेपाल समुहकै प्रवेस गरेका हुन । नेकपा कञ्चनपुरका युवा नेता नवराज ऐरले संसद जोशी मुल पार्टीकै फर्किएको बताए ।

उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीमा स्वागत गरेका छन । नेकपा प्रचण्ड नेपाल स्रोतका अनुसार ओलीतिर गएका अन्य कञ्चनपुरका नेताहरु समेत नेकपा मुल पाटी प्रचण्ड नेपाल समुहकै फर्किने तयारी गरेका छन । पहिले पनि नेकपा प्रचण्ड र नेपाल पक्षधर रहेका संसद जोशी एकाएक ओली समुहमा प्रवेस गरेसंगै उनका सहकर्मी अलमलमा परेका थिए ।


ताजा समाचार

spot_img