कञ्चनपुर,

जिल्लाको महेन्द्रनगरमा रहेको मानव अधिकारको लागि महिला एकल महिला समुहको सिमान्तकृत महिलाको अधिकार र सञ्चारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“नेपालमा सिमान्तकृत महिलाको सहभागीता र आवाज” संगै “महिलाको सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपालको आधार ” भन्ने नाराका साथ १११ औं अन्तरास्ट्रियय महिला दिवसको सन्दर्भमा सिमान्तकृत महिलाको अधिकार र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो। सिमान्तकृत महिलाको अधिकार बारे कञ्चनपुरको महेन्द्रनगरमा छलफल गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर सिमान्तकृत महिलाको अधिकार र सञ्चारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम आईतबार भएको हो ।
मानव अधिकारको लागि महिला एकल महिला समुह÷डब्लुएचआरको आयोजनामा वुमनकाईण्ड वल्र्डवाईडको सहयोगमा कञ्चनपुरमा सञ्चालित “नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजना” अन्र्तगत “सिमान्तकृत महिलाको अधिकार र सञ्चारकर्मीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम” को आयोजना गरिएको हो ।


जिल्लाका सक्रिय पत्रकारहरुको सहभागिता गरिएको अन्तरक्रिया कार्यक्रमको सहजिकरण नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका कार्यक्रम संयोजक नेपालीले गरेका थिए ।
कार्यक्रममा पत्रकारले छलफलमा संस्थाले यस अवधीमा गरेका कार्यक्रमहरुको बारेमा आफ्ना धारणा राख्दै सिमान्तकृत महिलाहरुको अधिकार संरक्षण गर्न उनिहरुलाईको सहभागिता अभिबृद्ध गर्न सञ्चारक्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
डब्लुएचआर कञ्चनपुरका अध्यक्ष जानकी जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव रमा पन्तले ले सञ्चालन गरेको कार्यक्रममा सदस्य चन्द्रा खडायतले स्वागत मन्तब्य राखेका थिए ।






