कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न


कञ्चनपुर 

कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार कञ्चनपुर निर्माण संघका अध्यक्ष प्रेम प्रकाश भट्टको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा नेपाल निर्माण व्यवसायी संघका केन्द्रिय अध्यक्ष रवी सिंह प्रमुख अतिथि रहेका थिए ।

May be an image of 9 people, including PremPrakash Bhatt and people standing

साधारणसभामा बार्षिक प्रतिवेदन संघका महासचिव राजेन्द्र चन्दले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन प्रस्तुत संघका कोषाध्यक्ष रविन्द्र केसीले गरेका थिए । प्रमुख अतिथि निर्माण व्यवसायी संघका केन्द्रिय अध्यक्ष रवी सिंहले देशको राजनितिक व्यवस्था अनुरुप निर्माण व्यवसाय पनि अप्ठेरोमा परेको बताउदै हरेक परिस्थितीमा निर्माण व्यवसायीको पेशागत हकहितको लागि कटीबद्ध हुने बताए ।

May be an image of 4 people, people standing and indoor

त्यसैगरी केन्द्रिय बरिष्ठ उपाध्यक्ष निक्लोस पाण्डेय, टेक बहादुर सेठी, महासचिव रोशन दाहाल, उपमहासचिव टेक प्रसाद चौलागाई लगायत निर्माण व्यवसायी संघ सुप प्रदेश पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए । संघका महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेका दुवै प्रतिवेदन २४ औँ साधारण सभाको बन्दसत्रबाट सर्वसम्मतिमा पारित भएका छन । सभामा उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य संघका अध्यक्ष प्रेम प्रकाश भट्टले राखेका थिए । साधारण सभामा कार्यक्रमको सहजीकरण संघका देव बहादुर चन्दले गरेका थिए ।


ताजा समाचार

spot_img