दोधारा

दोधारा चाँदनी नगरपालिकामा नेपाली भूमि भारतियहरुले अतिक्रमण गरेका छन् । भारतियहरुले नेपाल–भारतको सिमा क्षेत्र नजिकको जग्गा कब्जा गर्ने भारतीय थप कसरत जारी देखिन्छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अठार नम्वर पिल्लर बस्ती नजिक वर्षेनी दिल बहादुर रानाको क्षेत्रीको भोग चलन गर्दै आएको जग्गा भारतियहरुले अतिक्रमण गर्दै आएका छन् । दशगजा क्षेत्र नजिक रहेको जग्गामा बिगत लामो समय देखि स्थानिय दिल बहादुर रानाले भागचलन गर्दै आएका र आफ्नो जग्गामा केही वर्ष देखि भारतियहरुले जग्गा अतिक्रमण गर्दै आएको दिल बहादुर राना क्षेत्रीले बताएका छन् ।

सिमा क्षेत्र नजिक रहेको आफ्नो १ बिघाह जग्गा रहेको र भारतियहरुले वर्षेनी जग्गा अतिक्रमण गर्दै भारतिय क्षेत्रमा गाभ्दै आएको उनले बताएका छन् । अझै सम्म झण्डै आधा कट्टा जग्गा अतिक्रमण गरिसकेको बताउदै आफ्नो जग्गा अतिक्रमण रोक्न पहल गरिदिन उनले अनुरोध समेत गरेको छन् । आफुले लगाएको गहुँ र बेसारमा टेक्टर चलाएर अतिक्रमण गर्दै आएको उनको आरोप छ् । ‘भारतियहरुले खनजोत गर्दा समुहगतरुपमा आउने गर्छन् । म एक्लै हुन्छु ।

केही भने कुट्न आउछन्’ दिल बहादुर राना क्षेत्रीले भने । आफुले २०२४ साल देखि भोगचलन गर्दै आएको जग्गामा भारतियहरुले दादागिरी शैलीमा हुल बाधेर आफुलाई कयौं पटक कुट्न समेत आएको बताएका छन् । यस सम्बन्धमा नेपाली पक्षलाई खबर गर्दा समेत खासै चाँसो नदेखाएको उनको गुनासो छ् । नेपालको तर्फबाट जग्गाधनीलेनै प्रतिकार गर्नु बाहेर सरकारको तर्फबाट खासै पहल भएको देखिएको उनको गुनासो छ् । २०२४ साल देखी राना क्षेत्रीले भोग चलन गर्दै आएको उक्त जग्गामा केही वर्ष देखी भारतीयहरुले आफ्नो क्षेत्रमा गाँभ्ने कसरत गरिहेको स्थानियहरुको भनाई रहेको छ् ।
केही दिन अघि मात्रै राना क्षेत्रीले लगाएको बेसार र गहुँवालीमा भारतियहरुले ट्याक्टर चलाएका छन् । ‘प्रष्ट नेपाली भुमी भएको देख्दा देख्दा पनि मेरो जग्गालाई भारतीय क्षेत्रमा गाँभ्ने कसरत भएको छ्’ दिल बहादुर राना क्षेत्रीले बताए । नेपाली जग्गामा भारतियको हस्तक्षेप बढ्न थालेपछि सिमा क्षेत्रका स्थानियहरुमा त्रास छाएको छ् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्र संग जोडिएको वडा नं. ८ र १० आसपास क्षेत्रमा समय समयमा भारतिय नागरिकहरुले अतिक्रमण गर्ने प्रयास हुदै आएको छ् । जग्गा अतिक्रमण गर्ने कसरतमा भारतिय सिमा सुरक्षा बल (एसएसबी) को हात रहेको स्थानियहरुको भनाई रहेको छ ।
भारतिय सिमा सुरक्षा बल (एसएसबी) को आडमा भारतीयहरुले जग्गा अतिक्रमण गर्ने प्रयास भईरहेको स्थानियबासीहरुको भनाई रहेको छ् । सिमा बस्तीका स्थानियहरुले दैनिक उपभोग्य समान खरिद तथा औषधी उपचार गर्न भारतमै जानु पर्ने भएको कारण स्थानिहरु भरतियहरुको ज्यादतीको बारेमा खुलेर बोल्न सक्दैनन् । संख्यात्मक हिसावमा भारतिय सिमा सुरक्षाकर्मी भन्दा नेपाल सुरक्षाकर्मी थोरै भएकाले पनि भारतीयहरुले नटेर्ने गरेको बताईएको छ् । भारतीयको पछिल्लो गतिविधी हेर्दा अठार नम्वर पिल्लर बस्ती तथा वडा नं. ८ सुन्दरनगर आसपास दशगजा क्षेत्रमा नेपाली भूमि अतिक्रमणको योजना बुनेर अघि बढ्न थालेको स्थानियहरुको आशंका रहेको छ् ।
अठार नम्वर पिल्लर बस्ती नजिक नेपाल–भारत सिमा क्षेत्रको दशजगा क्षेत्रमा जग्गा अतिक्रमणको बारेमा दोधारा चाँदनी नगरपालिका कार्यालयमा कुनै प्रकारको जानकारी नआईसकेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । जग्गा अतिक्रमण भएको हो भने उक्त क्षेत्रको स्थलगत अनुगमन सहित दुबै देशका सुरक्षा अधिकारी र जनप्रतिनिधीहरुलाई एक ठाँउमा राखेर छलफल गरि अतिक्रमित भुमी फिर्ता गर्ने उनले बताएका छन् । ‘हामी चाडै उक्त क्षेत्रको स्थलगत अनुगमन गर्छौ’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने ।






