दोधारा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनी शाखाले आफ्नो संस्थामा आबद्ध सदस्यलाई बीमा रकम प्रदान गर्दै आएको छ् । आफ्नो सदस्यहरुको समस्यामा परेको बेला संस्थाले निरन्तरण उनिहरुको पिडामा मलहम लगाउने प्रयत्नको साथै संस्थालाई जनमुखी बनाउन थालेको छ् ।

दोधारा चाँदनी क्षेत्रमा आफ्नो शाखा स्थापना पछि निरन्तर सामाजिक कार्यमा समेत प्रखर देखिदै आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखाले सुक्रवार पनि एक कार्यक्रम आयोजना गरि संस्था आबद्ध सदस्यलाई बीमा रकम हस्तान्तरण गरेको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित कालागढ महिला समुहकी ग्राहक सदस्य नन्दकली सुनारका निधन प्रति शोक ब्यक्त गर्दै नगद रु. १ लाख ३० हजार बिमा क्षतीपुर्ती रकम हस्तान्तरण गरेको छ् ।

हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष तथा नगर प्रवक्ता दिल बहादुर सिंजाली मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रमा वडाअध्यक्ष दिल बहादुर सिंजालीले बैंक वित्तिय संस्थाबाट आफुलाई आवश्यक पर्ने रकम मात्र कर्जा स्वरुप लिएर अन्य फजुल खर्च गर्न नहुने बताउदै उत्पादन मुलक योजनामा लगानी गरेर आफ्नो आय बृद्धि गरी जीवन स्तर माथी उकास्नु सकिने बताएका छन् । बित्तिय संस्थाहरुको सदस्य बनेर दोधारा चाँदनीका स्थानियहरुले आफ्नो आर्थिक अवस्था उकास्न राम्रै कार्य गर्दै आएको बताउदै लिएको कर्जालाई समयमा तिर्ने बानी संगै सदुपयोग गर्न सके आर्थिक उन्नती हुने वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए । शाखा प्रबन्धक जित नारायण चौधरीले आफ्ना सदस्यलाई परियोजना अनुसार १० देखि १५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउदै आएको र बचत तर्फ अधिकतम ९ प्रतिशत सम्म ब्याज दिने गरेको बताएका छन् ।
दलित, मुक्त कमैया, बादी, हलिया, द्घन्द पिडित, एकल महिला, अपाङ्ग तथा जेष्ठ नागरिक सदस्यलाई कर्जाको ब्याजदरमा थप १ प्रतिशत सहुलियत रहेको कार्यक्रममा शाखा प्रबन्धक चौधरीले बताएका छन् । व्यवसायिक रुपमा काम गर्न खोज्ने ग्राहक सदस्यलाई लघुउद्यम कर्जा अन्तर्गत १५ लाख सम्म उपलब्ध गराउदै आएको जानकारी गराईएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ देखि १० सम्म गरी करीब २ हजार ५ सय सदस्यलाई कर्जा, बचत, बीमा तथा रेमिटान्स सेवा प्रदान गर्दै आएको बताईएको छ् । हाल सम्म ३७ जना मृतक सदस्यको आश्रित परिवारलाई बिमा बापतको रकम रु. २१ लाख ३५ हजार प्रदान गरिसकेको संसथाका लेखापाल दुखीराम बुढाथोकी बताएका छन् ।
कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनी शाखाका शाखा प्रबन्धक जित नारायण चौधरी लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण लेखापाल दुखीराम बुढाथोकी र कुमारी दिलसरा राना मगरले संयुक्त रुपमा संचालन गरेका थियो । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तीन दशक देखि निरन्तर अगाडि बढिरहेको बताईएको छ् ।






