नेपाल राष्ट्रिय मगर संघ कञ्चनपुरको प्रथम जिल्ला सम्मेलन दोधारा चाँदनीमा सम्पन्न


दोधारा

राष्ट्रियता, समाबेसी लोतन्त्र, समाजबाद, नगर एकता, समाज रुपान्तरणको लागी लोकतन्त्र नारा सहित दोधारा चाँदनीमा नेपाल राष्ट्रिय मगर संघ कञ्चनपुरको जिल्ला कार्य समितिको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ् । नेपाल राष्ट्रिय मगर संघ कञ्चनपुरको सभापती शुसिल राना मगरको सभापतित्वमा संचालन भएको सम्मेलनका प्रमुख अतिथी नेपाली काग्रेंस पुर्व आमन्त्रीत केन्द्रिय सदस्य यज्ञराज जोशी रहेका थिए भने, बिशिष्ठ अतिथीमा नेपाली काग्रेंस कञ्चनपुर जिल्ला कार्य समितीका सचिव ईश्वरी प्रसाद जोशी, नेपाली काग्रेंसका महासमिति सदस्य तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नेपाली काग्रेंस प्रदेश सभा सदस्य उम्मेदवार तथा नेपाल राष्ट्रिय मगर संघका पुर्व केन्द्रिय सदस्य बेल बहादुर राना, नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य टंक नामजाली मगर, नेपाल राष्ट्रिय मगर संघका प्रदेश सदस्य खडक बुढा मगर, नेपाली काग्रेंस महासमिति सदस्य तथा नेपाल महिला संघ जिल्ला सभापती मधुभारती लगाएतको उपस्थिती रहेको थियो ।

No description available.

यस्तै अतिथीमा नेपाली काग्रेंस क्षेत्र नं. ३ क्षेत्रिय सभापती गोपाल दत्त भट्ट, नेपाल महिला संघ केन्द्रिय सदस्य रमिता देउवा, नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती डम्मर राना, नेपाल तरुण दल दोधारा चाँदनीका नगर सभापती डम्मर राना, नेपाली काग्रेंसका नेता तथा दोधारा चाँदनीका नगर प्रबक्ता दिल बहादुर सिजाली, नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य निलम लेखक, नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव राजेन्द्र मल्ल लगाएतको उपस्थिती रहेको थियो । बक्ताहरुले जाती, भाषा, धर्म तथा वर्ग अटाउने एक मात्र पार्टी नेपाली कांगे्रस भएको दाबी गरे । विगतमा भएका विभिन्न अधिकार प्राप्तीका आन्दोलनहरुमा कांग्रेसले उल्लेखनिय भुमिका निर्वाह गरेको स्मरण गर्दै उक्त आन्दोलन र समाज रुपान्तरणमा मगर समुदायको ठुलो त्याग तपस्या र बलिदान गरेको कार्यक्रम औल्याईएको छ् ।

मगर समुदाय छुट्टै पहिचान भएको बताउदै मगर समुदायको आफ्नै बिशेषता भएकोले यसलाई संरक्षण गर्दै बिश्व समुदायमा यो समुदायका सस्कृति तथा रितिरिवाजलाई संसार भर फैलाउन सकिनेमा जोड दिए । कार्यक्रममा बर्तमान दुई तिहाईको सरकारको कारण देश दुर्घटना तिर उन्मुख हुदै गएको अवस्थामा नेपाली काग्रेंसको सरकारलेनै देशमा बिकास र समृद्धि ल्याउने कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेंस पुर्व आमन्त्रीत केन्द्रिय सदस्य यज्ञराज जोशीले बताएका छन् । बिगतका दिनहरुमा कम्न्युनिष्टहरुले आदीबासी जनजातीहरुलाई कुर्ची र आफ्नो हितको लागी प्रयोग मात्र गर्दै आएको भन्दै नेपाली काग्रेंसले आदीबासी जनजाती समुदायहरुलाई जहिले पनि सम्मान गर्दै आएको उनले बताए । कार्यक्रममा मगर समुदायको पहिरनमा सजिएर आएका महिला तथा पुरुषहरुले कार्यक्रमका अतिथीहरुलाई भब्यतापुर्वक स्वागत गरेका थिए ।

नेपाल राष्ट्रिय मगर संघका नेताहरुले मगर समुदायको स्थापना र कला तथा सास्कृती रितिरिवाज र मगर समुदायको राजनितिक पहुचको बारेमा जानकारी गराएका थिए । देशमा मगर समुदायको बाहुल्यता रहेपनि निर्णायक तहमा मगर समुदायको पहुच कमजोर देखिदै आएको मगर नेताहरुले बताएका छन् । मगर समुदायका ब्यक्तीहरु सोझो हुने हुदा समेत उनिहरुलाई कम्न्युनिष्टहरुले प्रयोग गर्दै आएको बताईएको छ् । पञ्चायती कालमा होस् वा माओबादीको जनयुद्धमा आदीबासी जनजातीहरुलाई आफ्नो स्वार्थको लागी प्रयोग गर्ने र स्वार्थ पुरा भएपछि फालिदिने कार्य अन्य दलहरुको उदाहरण दिदै बर्तमान सरकार देश र जनताको भन्दा स्वार्थपुर्तीको लोभमा उन्मुख हुदै तानाशाह बन्दै गएको नेपाली काग्रेंस प्रदेश सभा सदस्य उम्मेदवार तथा नेपाल राष्ट्रिय मगर संघका पुर्व केन्द्रिय सदस्य बेल बहादुर रानाले बताएका छन् ।

नेपाली काग्रेंसले आदीबासीहरुको सदैव सम्मान गर्दै आएको बताउदै मगरहरु एक जुट भई नेपाल राष्ट्रिय मगर संघमा गोलबद्ध हुन समेत उनले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय मगर संघ कञ्चनपुरको जिल्ला कार्य समितिको प्रथम जिल्ला सम्मेलन नेपाल तरुण दल दोधारा चा“दनीका सभापती डम्मर रानाले स्वागत मन्तब्य गरेका थिए भने कार्यक्रम संचालन रामचन्द्र थापाले गरेका थिए ।


ताजा समाचार

spot_img