कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप

पहिलो प्राथमिकतामा परेका ६५ बर्षमाथिका बृद्धबृद्धालाई कोरोना विरुद्धको खोप लगाइने


महेन्द्रनगर

कञ्चनपुरमा भोलीदेखि (आइतवार)देखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप पहिलो प्राथमिकतामा परेका ६५ बर्षमाथिका बृद्धबृद्धालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । आईतबार विहान १० बजेबाट जिल्लाका नौँ वटै स्थानीय तहका २९ वटा खोप केन्द्रबाट एकसाथ खोप दिईने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिव कुमार सुनारले बताए ।

उनले दोस्रो चरणको खोप अभियानको सम्पूर्ण तयारी भईसकेको पनि प्रमुख सुनारले बताए । ‘दोस्रो चरणको खोप अभियानको सम्पूर्ण तयारी पुरा भईसकेको छ, यस चरणको पहिलो प्राथमिकतामा पर्ने ६५ वर्षमाथीका व्यक्तिलाई खोप दिइने छ ।’ उनले भने, ‘खोप केन्द्रमा खोपसम्बन्धिका आवश्यक साम्राग्रि पुगिसेका छन, केहि केन्द्रमा मात्र आज पु¥याउदै छौ ।’ दोस्रो चरणको पहिलो प्राथमिकताको खोप सुरुमा १० दिनसम्म सञ्चालन हुने छ । स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको अभियानको लागि २६ हजार डोज खोप उपलब्ध छ । जिल्लामा ५५ वर्षमाथी उमेर समूहका मानिसको संख्या झण्डै ६५ हजार रहेको छ । खोपको उपलब्धताका आधारमा अहिले ६५ वर्षमाथी उमेर समूहका मानिसलाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा तोकिएका २९ ओटै खोप केन्द्रमा हुन सक्ने कुनै अवाञ्छित घटनालाई मध्यनजर गर्दै प्रत्येक खोपमा केन्द्रमा डाक्टर सहितको एएफआई टीम तैनाथ गरिने छ । सुरुमा दोस्रो चरणको खोप ५५ वर्षमाथीको व्यक्ति समूहलाई दिने भनिएको भए पनि भ्याक्सिनको उपलब्धताका आधारमा मन्त्रालयले ६५ वर्षमाथीका वृद्धवृद्धालाई खोप दिन पत्राचार गरेकोले सोही अनुसार खोप प्रदान गरिने स्वास्थ्य कार्यालयको भनाई रहेको छ । खोप लगाउन आउदा उमेर खुल्ने परिचयपत्र लिएर आउनु पर्ने स्वास्थ्य कार्यालयका प्रमुख सुनारले बताए । पहिलो चरणको लक्षित समूहमा परेका तर खोप लगाउन छुटेकाहरुले पनि फेरी खोप लगाउन सक्ने कार्यालय प्रमुख सुनारले बताए ।

यस अघि पहिलो चरणको पहिलो प्राथमिकतामा परेका लक्षित समूहमा परेका शव व्यवस्थापमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी, सरसफाईकर्मी गरी दुई हजार ७ सय ९२ जनालाई खोप लगाइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका तीन हजार पाँच सय ४१ जनालाई खोप दिइएको थियो । कोभिड सिल्ड खोप विश्वसनिय भएको पनि जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


ताजा समाचार

spot_img