महेन्द्रनगर

दार्चुलामा जीप दुर्घट्ना हुदा चालक सहित दुई जनाको मृत्यू भएको छ भने पाच जना घाईते भएका छन । शनिबार दार्चुलाको गोकुलेश्वर–चौपाचा सडकखण्डमा जीप दुर्घट्ना भएको हो । शनिबार दिउसो यात्रु लिएर गोकुलेश्वरबाट चौपाता जानेक्रममा लेकम गाउँपालिका वडा नं. ६ को घोडेशिला भन्नेठाँउ ९उचाकोट मन्दिर नजिक० मा दुर्घट्ना भएको हो ।

जीप दुर्घटनामा मृत्यू हुनेको सनाखत हुन बाकि रहेको छ । दुर्घट्नाबारे जानकारी आएको तर थप विवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरिक्षक भास्कर चन्दले बताए । प्रहरी निरिक्षक चन्दका अनुसार ईप्रका रिठाचौपताको टोली घट्ना स्थल पुगिसकेको र थप विबरण आउन बाकि रहेकोछ ।

