मृतक शिक्षक भण्डारीको परिवारलाई आर्थिक सहयोग


बेदकोट

गत माघमा मृत्यु भएका बेदकोट नगरका शिक्षक देवसिह भण्डारीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल राहत शिक्षक बेदकोट नगर कार्य समितिले आर्थिक सहयोग गरेको हो । नेपाल राहत शिक्षक बेदकोट नगरका कोषाध्यक्ष एव नवदुर्गा आधारभूत विद्यालयका शिक्षक भण्डारीको १८ माघमा असमायिक निधन भएको थियो । मृतक परिवारलाई बिहीबार ।

No description available.

नेपाल राहत शिक्षक बेदकोट नगर कार्य समिति, जिल्ला प्रदेश र केन्दीय समितिका पदाधिकारी, राहत स्वरुप ९१ ह्जार ६ सय १२रुपैँया सहयोग गरेको नेपाल राहत शिक्षक समिति कञ्चनपुरका कोषाध्यक्ष गणेश धानुकले बताए । उनका अनुसार बेदकोट नगर क्षेत्रका सामुदायिक विद्यालय, राहत शिक्षकबाट रकम संकलन गरेर आर्थिक सहयोग गरिएको छ ।

No description available.

मृतक भण्डारीका छोरा र धर्मपत्नीलाई उक्त रकम हस्तान्तरण गरिएको छ । सहकर्मी गुमाएका राहत शिक्षकले संकटका बेला शोकाकुल परिवारलाई केही राहत दिएको जनाएको छ । देशका लागि सेवा गदा गर्दै मृत्युबरण गरेका राहत शिक्षकको सरकारले योगदानको कदर गर्नुपर्ने राहत शिक्षकहरुको भनाई छ ।


ताजा समाचार

spot_img