सीमाबर्ती गाँउ ब्रम्हदेबमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिबिर

विपन्न ग्रामिण हजारौँ जनता लाभान्वित


कञ्चनपुर

नेपाली सेनाले कञ्चनपुरको उत्तरी चुरे क्षेत्र सीमाबर्ती ब्रम्हदेब गाँउमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । शनिबार सेनाले विशेषज्ञ स्वास्थ्य सेवा सहित निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो । सेना दिवसको अवसर पारेर भगतपुर स्थित नेपाली सेनाको २५ नम्बर बाहनीको आयोजनामा ग्रामिण भेगका स्वास्थ्य शिबिर संचालन गरिएको छ । सेनाले ब्रम्हदेब सहित कञ्चनपुरको उत्तरी चुरे भेगका मुसेपानी, जडेपानी, सिमलफाँटा गाँउमा समेत स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ ।

No description available.

पहिलो दिन भीमदत्त नगरपालिका ९ ब्रम्हदेब चुरे सहित सीमावर्ती गाँउमा शिबिर संचालन गरेको छ । स्वास्थ्य शिबिरमा दाँत, हड्डी, आँखा, महिला, रेडियोजी प्याथलोजी ईसिजी विशेषज्ञ सेवा प्रदान गरिएको छ । गाँउमै विशेषज्ञ स्वास्थ्य सेवा प्राएपछि स्थानीय हर्षित भएका छन । खल्लामछेट्टीकी स्थानीय सोनी कामिले आफुहरुले विशेषज्ञ स्वास्थ्य सेवाका लागि गाँउबाट टाढा जानुपर्ने बाध्यता रहेको बताउदै एक दिनका लागि भएपनि गाँउमै प्रत्यक्ष डाक्टरसंग स्वास्थ्य समस्याबारे चेकजाँच गराएको बताईन । ‘हाम्रो गाँउ ठाँउमा डाक्टर छैनन, ‘हामीले डाक्टरबाट सेवाका लागि महेन्द्रनगर, धनगढी वा भारत जानुपर्ने बाध्यता छ, आज गाँउमा डाक्टर आए उपचार गरेर गएका छन ।

No description available.

’ ब्रम्हदेबका स्थानीय कमल कामीले शनिबारका दिन सेनाबाट गाँउमै निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको बताउदै उनले खुसी व्यक्त गरे । ‘हामी सीमावर्ती गाँउमा बस्छौँ, यहाँ अनेकन समस्या छन, ‘अन्य दिन सीमाका विवादले भरिभराउ हुने गाँउ सेनाले शिबिर संचालन गरेपछि निःशुल्क औषधी पाएका छौँ ।’ सरकारले गाँउमा विशेषज्ञ सेवा दिन नसकेपनि यस्तै शिबिर मार्फत स्वाथ्य सेवा लिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘कहिले कोही कहिले कोही निकायबाट हामी गरिक जनताको गाँउमा यस्तै सेवा दिनुपर्छ, ‘उनले भने, ‘गैर सरकारी सस्थाले दुई सिटामोल दिएर जाँन्छन, सेनाले स्वास्थ्य बारे सचेतना पनि दियो ।’ स्वास्थ्य शिबिरमै सेनाले नेपाली सेनामा भर्ना हुन आउने युवाहरुका लागि उत्साहितजना मनोरञ्जनात्मक कार्यक्रम संमेत संचालन गरेको छ । टिभी मार्फत बृतचित्र देश भावनाको मनोविज्ञान विकसित गराएको छ । २५ नम्बरका बाहनीपति नेपाली सेनाका सहायक रथी(जर्नेल)कृष्ण्ढा बहादुर जिसीले सेना दिवसमा स्वास्थ्यको पहुँच भन्दा टाढा,सीमान्तृक, लोपोन्मुख, निकुञ्ज विस्थापित, चुरे ग्रामिण क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा प्रदान गरिएको बताए ।

No description available.

उनका अनुसार ब्रम्हदेब सीमावर्ती क्षेत्र सो गाँउका नागरिक विशेषज्ञ सेवाका लागि भारत लगायत टाढा जानुपर्ने बाध्यतालाई मध्य नजर गर्दैै स्वास्थ्य शिबिर संचालन गरिएको बताए । शिबिरमा सेनाकै चिकित्सक, स्वाथ्यकर्मी, महाकाली अस्पताल र भीमदत्त नगरका स्वास्थ्यकर्मी एव चिकित्सकबाट स्वास्थ्य चेकजाँच एव उपचार औषधी वितरण भईरहेको छ । सेनाले अपेक्षा गरेको ५/६सय भन्दा दोब्बरबढि नागरिकलाई सेवा प्रदान गर्ने जनाएको छ । ‘हामीले ५/६सय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेका थियौँ, ‘सहायक रथी जिसीले भने, ‘यहाँ त ह्वात्तै धेरैको संख्यामा नागरिक आएका छन, आएका सबैलाई स्वास्थ्य सेवा दिन्छौँ ।’

राउटे र वादी समुदायलाई खाद्यान्न तथा कपडा वितरण

स्वास्थ्य शिबिर कार्यक्रममै नेपाली सेनाले लोपोन्मुख राउटे र वादी समुदायलाई खाद्यान्न र कपडा वितरण गरेको छ । राउटे समुदायलाई खाद्यान्न र वादी समुदायलाई कम्बल, झुल वितरण गरेको हो । सो क्षेत्रका ५० राउटे, वादी समुदायलाई खाद्यान्न, कम्बल र झुल वितरण गरेकोछ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिबराज सुनार, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्ल र २५ नम्बरका बाहनीपति नेपाली सेनाका सहायक रथी(जर्नेल)कृष्ण्ढा बहादुर जिसीले हस्तान्तरण गरेका थिए । सैनिक श्रीमती संघ सहितका निकायबाट प्राप्त भएका समाग्री पाएपछि सो क्षेत्रका वादी र राउटे समुदाय हर्षित भएका छन । सेनाले ब्रम्हदेबमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको कार्यलाई स्थानीय बुद्धिजिवी एव जनप्रतनिधीले सकारात्मक भनेका छन ।

No description available.

शिबिर संचालन भएको सिद्धनाथ विद्यालयका प्रधानाध्यापक अम्बादत्त जोशीले दुर्गम ग्रामिण भेगमा नेपाली सेनाद्वारा गरिएको स्वास्थ्य शिबिरबाट विपन्न नागरिक लाभान्वित भएको बताए । भीमदत्त नगरका ९का वडाध्यक्ष राम नाथले सेनाले भीनपा ९ छनौट गरेर विशेषज्ञ सहितको स्वास्थ्य शिबिरबाट विपन्न नागरिकलाई राहत मिलेको बताए । सेना दिवसको अवसरमा कञ्चनपुरमा विभिन्न ग्रामीण भेगमा स्वास्थ्य शिबिरसंगै मैत्रीपूर्ण भलिबल, भलिबल समेत आयोजना गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img