कञ्चनपुर
नेकपा विप्लव कञ्चनपुरले महेन्द्रनगरमा दिप प्रज्वलन गरेको छ । बिहीबार साँझ महेन्द्रनगरको मदनचोकमा दिप प्रज्वलन गरेको हो । नेकपा विप्लव कञ्चनपुरका युवा नेता एव विद्यार्थी नेता बिरेन्द्र शाहले शहिद सप्ताह र सरकारले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेको अवसर पारेर दिप प्रज्वलन गरिएको बताए ।

‘मुख्यतया हामी शहिद सप्ताहकै अवसरमा दिप प्रज्वलन गरेका हौँ, ‘उनले भने, ‘सरकारले हामीमाथि दुई बर्ष अघि गरेको प्रतिबन्ध समेत फुकुवा गरेको छ, त्यपनि हो ।’ बिहीबार सरकार नेकपा विप्लवविच तीन बुँदे सहमतीसंगै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव) एकै मञ्चका कार्यक्रम गरेर वार्ता भएको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

