बेलौरीमा भारती तस्कर र प्रहरीविच गोली हानाहान एक भारतीय तस्करको मृत्यु

बेलौरी

कञ्चनपुरको बेलौरीमा भारती तस्कर समुह र प्रहरीविच गोली हानाहान भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका ७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो । बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले पहिले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कार्बाही स्वरुप गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर भारतको पिलिभित बुदानका अन्दाजी ३२ बर्षिया गोबिन्द सिहको मृत्यु भएको छ । गोली लागेर शक्त घाईते भएका भारतीय तस्करको मृत्यु भएको हो । उनको शव बेलौरीको श्रीपुर प्राथमिक अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले भारतीय तस्करबाट नेपालमा लागु औषध ल्याउन लागेको सूचना आएपछि त्यसतर्फ नेपाल प्रहरीको टोली परिचालन भएको बताए । ‘हाम्रो टोली सीमा क्षेत्रमा पुग्दा भारतीय तस्करले पहिले गोली चलाए, ‘प्रंवक्ता थापाले भने, ‘जवाफी कार्बाहीमा एक भारतीय तस्करमाथि गोली लाग्यो, उनी घाईते भएका थिए, अर्का घाईते भारतीय तस्कर र बाँकी तस्कर भारततिरै फारार भएका थिए ।’

दोहोरो गोली हानाहानका क्रममा नेपाल प्रहरी तर्फ एक जना समेत घाईते भएको प्रवक्ता थापाले बताए । ‘हाम्रो प्रहरीको पनि एक जनाको खुट्टामा चोट लागेको छ, ‘उनले भने, ‘घटना बारे थप बुझ्न आफै घटना स्थल जाँदैछु ।’ प्रहरीले घटना स्थलबाट प्रहरीले लागु औषध सहित नक्कली नोट बनाउने मेसिन समेत बरामद गरेको छ । सीमा क्षेत्रमा घटना घटेकाले नेपाली नागरिकलाई सीमा क्षेत्रमा सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

ताजा समाचार