दोधरा
नेपाल राष्ट्रिय मगर संघ कञ्चनपुरको जिल्ला कार्य समितिको प्रथम जिल्ला सम्मेलन दोधारा चाँदनीमा हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको श्री लक्ष्मी माध्यमिक बिद्यालयको खुला मैदानमा आउदो शनिवार नेपाल राष्ट्रिय मगर संघ कञ्चनपुरको जिल्ला कार्य समितिको प्रथम जिल्ला सम्मेलन हुने भएको नेपाल राष्ट्रिय मगर संघ कञ्चनपुरको जिल्ला कार्य समिति कञ्चनपुरका सभापती सुशिल राना मगरले जानकारी दिएका छन् । नेपाली काग्रेंसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघलाई अझै सक्रिय तथा शसक्त बनाउन जिल्ला सम्मेलन हुन लागेको नेपाल राष्ट्रिय मगर संघ कञ्चनपुरको जिल्ला कार्य समिति कञ्चनपुरका सभापती सुशिल राना मगरले बताएका
छन् ।
सम्मेलनमा नेपाली काग्रेंसका नेता नेपाल
राष्ट्रिय मगर संघका केन्द्रिय, जिल्ला तथा स्थानिय तहका नेताहरुको उपस्थिती रहने नेपाल राष्ट्रिय मगर संघका पुर्व केन्द्रीय सदस्य बेल बहादुर राना मगरले जनाएका छन् । जिल्ला सम्मेलनको लागी सम्पुर्ण तयारी प्ुरा भईसकेको बताउदै आफ्नो सस्कृती र परम्परालाई समेत सम्मेलनले सम्बोधन गर्ने नेपाल राष्ट्रिय मगर संघका पुर्व केन्द्रिय सदस्य बेल बहादुर रानाले बताएका छन् । सम्मेलनमा सबैलाई आमन्त्रण गरिएको समेत रानाले बताएका छन् । सम्मेलनमा नेपालको बर्तमान राजनीतिमा मगर समुदायको योगदान
वारे चर्चा मुख्य बिषय रहने आयोजक संस्था नेपाल राष्ट्रिय मगर संघ कञ्चनपुरको जिल्ला कार्य समितिले जनाएको छ् ।

बदलिदो राजनितिक परिस्थितीमा अवका दिनहरुमा मगर समुदायले आफ्नो पहिचान राख्न के कस्ता काम गर्ने जस्ता बिषय सम्मेलनमा समेटिने बताईएको छ् । नेपाली कांग्रेसको सिद्धान्त र आचरण, नेतृत्व विकास तथा राजनीतिमा मगर समुदायका विषयमा छलफलको बिषय बन्ने नेपाल राष्ट्रिय मगर संघ का नेताहरुले बताएका छन् । साबिको दोधारा मगर समुदायको बाहुल्यता रहदै आएको कारण सम्मेलन नेपाल राष्ट्रिय मगर संघको लागी एतिहासिक हुने बताईएको छ् ।

