बेलडाँडीका किशोरीलाई हिंसाबाट बाँच्न अभिमुखिकरण

बेलडाँडी

बेलडाँडीका किशोरीलाई हिंसाबाट बाँच्न अभिमुखिकरण रोशन नेपाली कञ्चनपुरको बेलडाँडी ग्रामीण भेगका किशोरीलाई हिंसाबाट बाँचनका लागि अभिमुखिकरण गराईएको छ । आर्दश महिला समाज नेपालको आयोजनामा (बुधबार/बिहिबार) दुई दिन बेलडाँडी ग्रामीण भेगका किशोरीलाई हिंसाबाट बाँचनका लागि अभिमुखिकरण गराईएको हो । आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले टेवा संस्थाको आर्थिक सहयोगमा ग्रामिण भेगका किशोरीलाई महिलामाथि हुने हिंसा बिरुद्ध सचेतना गराईएको बताईन ।

उनका अनुसार पछिल्ला दिनहरुमा ग्रामिण दुर दराजका महिलामाथि हुने यौनजन्य हिंसा रोकथामका लागि किशोरीलाई सचेतना गराईएको बताईन । उनका अनुसार किशोरीमाथि बलात्कार तथा यौनजन्य हिंसा भईरहेकाले त्यसबाट बाँच्नका लागि सचेतना गराईएकोछ । बेलडाँडी क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई अभिमुखिकरण गरार्ईएको छ । अधिवक्ता कौसिल्या ओझाले कानुनको विषयबारे छात्रा किशोरीहरुलाई प्रशिक्षण दिनुभएको थियो । बेलडाँडी गाँउपालिका शिक्षा शाखा प्रमुख भानुभत्त जोशी र शिक्षक प्रजापति नेगीले विद्यालयमा छात्रा सुरक्षाको विषयमा अभिमुखिकरण गराएका थिए । प्रहरी सहायक निरीक्षक कृष्णराज भट्टले हिंसामा परेका महिलाले न्यायका लागि प्रहरीको सहायता दिनुपर्नेमा जोडदिए ।

कार्यक्तमका प्रमुख अतिथि बेलडाँडी गाँउपालिका उपाध्यक्ष कमला कार्कीले छात्रा किशोरीलाई अभिमुखिकरण गराएसंगै हिंसा रोकथाम हुने अपेक्षा राख्नुभयो । आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी किशोरीको सहभागिता रहेको थियो ।

ताजा समाचार