दोधारा

वडा नं. ४ वडा कार्यालयले बालक्लबहरुलाई सामग्री हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ वडा कार्यालयले बुधबार वाडमा रहेको बालक्लवहरुलाई पोशाक, कुर्ची हस्तान्तरण गरेको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ वडा कार्यालयले जनाएको छ् । वाडमा रहेका बालक्लवहरुले बिगतका दिनहरु देखि समाजमा निकै सकारात्मक कार्य गर्दै आएको भन्दै उनिहरुलाई सास्कृतीक कार्यक्रमको लागी चाहिने साँउण्ड सिस्टम, पोशाक तथा बैठक बस्न कुर्ची हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

बुधबार एक कार्यक्रमको बिच वडा कार्यालयमा जनचेतना बालक्लवलाई एक थान साँउण्ड सिस्टम र ९ जनालाई पोशाक उपलब्ध गराएको हो । यस्तै मनकामना बालक्लवलाई २३ थान प्लाष्टिक कुर्ची र शुक्लाफाँटा कृषक समुहलाई १० थान प्लाष्टिक कुर्ची हस्तान्तरण गरिएको वडा अध्यक्ष सुनारले बताए ।

हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य रतन पौडेल, भिम बहादुर सिंह, सेतु देबी ओड, कमीला बोहरा तथा बालक्लवकका पदाधिकारी तथा कृषक समुहका पदाधिकारीको उपस्थिती रहेको थियो । वडा कार्यालयले वाडका चौतर्फी बिकासका लागी निकै प्रभावकारी कार्य गर्दै आएको कार्यक्रममा बताईएको छ् ।










