झलमल्ल झिलमीला


कञ्चनपुर

सुदुर पश्चिम प्रदेश सरकारको सहकार्य पछी धार्मीक प्रयटकीय क्षेत्र झिलमीला तालको विकासले गति लिन थालेको छ । प्रदेश सरकारले सौर्य बत्ती जडान गरे पछी विद्युतिय पहुच बाट टाढा रहेकोे प्रसिद्ध धार्मीक क्षेत्र झिलमिला तालको सुन्दरता अझै बढेको छ ।
धार्मीक पर्यटकीय गन्तव्यको रुपमा रहेको कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा रहेको झीलमिला ताल पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको क्षेत्र हो ।

नगरपालिकाको वडा नम्वर ९ को उत्तरी क्षेत्रमा परशुराम नगरपालिकाको वडा नम्वर ७ मलास संगै जोडिएको झीलमिला ताल आफैमा सुन्दर र मनमोहक त छ नै प्राचीन देवी देउताको वास स्थानको रुपमा रहेको यस ठाँउ प्रतिको धार्मीक आस्थाका कारण समेत महत्वपुर्ण रहेको छ । भौतिक विकास बाट टाढा रहेको यस क्षेत्रको विकासमा संघ तथा प्रदेस सरकारले समेत पछिल्लो समय ध्यान दिन थाले पछी यस क्षेत्रको विकासले गति लिने संकेत समेत देखिएको छ । दैनिक तिन चोटी सम्म रंग फेर्ने यस झीलमिला तालमा सुदुर पश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयलको आर्थिक सहयोगमा सौर्य बत्ती जडान गरे पछी तालको सौन्दर्य अझै मनमोह बनेको छ ।

लामो समय देखी सरकारको नजरमा नपरेको यस क्षेत्रमा सुदुर पश्चिम प्रदेशका पुर्व उद्योग वन वातावरण तथा पर्यटन राज्य मन्त्रि प्रकाश रावलको पहलमा भौतिक पुर्वाधार विकास कार्यालयले सौर्य बत्ती जडान गरे पछी स्थानीयहरु समेत खसशि भएका छन । स्थानीय लाल वहादुर थापाले अव यस क्षेत्रको भविश्य उज्यालो हुने विश्वास व्यक्त गर्नु भयो । अव यसमा सडकको उन्नती र पर्यटकहरुको लागी धर्मशालाको निर्माण भए अझै सहज हुने समेत उहाले बताउनु भयो ।

झीलमिला ताल आफैमा सुन्दर र महत्च पुर्ण पर्यटकीय क्षेत्रको रुपमा रहेको भन्दै सुदुर पश्चिम प्रदेशका पुर्व उद्योग वन वातावरण तथा पर्यटन राज्य मन्त्रि प्रकाश रावले सोलार बत्ती जडान पछी पर्यटकहरुलाई साझको दृष्यावलोकनका लागीे सहज हुने बताउनु भयो । साथै उहाले प्रदेश सरकारले विभिन्न पर्यटकीय क्षेत्रहरुमा भौति पुर्वाधार निर्माको लागी महत्वका साथ काम गरिरहेको बताउनु भयो । यसै गरी भौतिक पुर्वाधार विकास मन्त्रालयका सचीव गणेश राज भट्टले मन्त्रालयले सुदुर पश्चिम प्रदेशको समग्र विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको भन्दै याहाका धार्मिक पर्यटकीय र सांस्कृतिक सम्पदमाहरुको विकास र जगेर्ना गर्दै मुल प्रवाहमा ल्याउनु पर्ने बताउनु भयो । यसको लागी मन्त्रालयले आगामी दिनमा पनी यस्ता धामृिक क्षेत्रहरुको गुरुयोजना बनाएर विकास गर्ने समेत उहाले बताउनु भयो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ मा रहेको धार्मीक पर्यटकीय क्षेत्र सिद्धसरोवर दिनमा तिन चोटी रंग फेर्ने भएकाले यसको नाम झीलमिला ताल रहेको वडा अध्यक्ष राम नाथले बताउनु भयो । साथै उहाले यस क्षेत्रको विकासमा स्थानीय तह देखी सबैले लाग्नु पर्ने तथा भारतिय पर्यटकहरु लाई आदर र सम्मान पुर्वक यस ठााउमा भित्र्याउन सके यसको विकासमा सहयोग हुने समेत उहाले बताउनु भयो ।
यस धार्मीक पर्यटकीय क्षेत्र झीलमिलामा सुदुर पश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयको कुल २७ लाख १८ हजार रुपैयामा जडान गरिएका सौर्य बत्तीको पुर्व मन्त्रि रावल तथा मनत्रालयका सचीव भट्टले सयुक्त रुपमा उदघाटन गरेका हुन । उक्त बत्ती जडान पछी यस क्षेत्रमा आउने धार्मीक पर्यटकहरु लाई तालको सुन्दर दृष्यावलोकनको लागी समेत सहज हुने अनुमान गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img