दोधारा चाँदनीका अग्नीपिडतलाई सहयोग


दोधारा

दोधारा चाँदनीका एक अग्नीपिडतलाई सहयोग प्रदान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ निवासी कमला दमाईलाई दोधारा चाँदनी स्थित रहेको शान्ती सामुदायिक विपद् ब्यवस्थापन समितिले सहयोग गरेको छ् । केही दिन अघि वडा नं. ६ गुरुङ्ग टोल निवासीको कच्ची घरमा आगो लागी हुदा झण्डै २ लाख बराबरको धनमाल क्षती भएको हो । नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित पश्चिम विपद पुर्व तयारी परियोजना मार्पmत गठित शान्ति सामुदायिक विपद व्यवस्थापन समिति दोधारा चाँदनीले स्थानीय कमला दमाईको राहत सामग्री सहित नगद राहत सहयोग गरेको शान्ति सामुदायिक विपद व्यवस्थापन समितिका सदस्य तथा समितिको खोज तथा उद्धार कार्यदलका संयोजक विक्रम गुरुङ्ग जानकारी दिएका छन् ।

No description available.

गुरुङ्गका अनुसार पिडित दमाई परिवारलाई दुई वटा त्रिपाल, २ वटा कम्बल, बच्चाहरुका लागि ५ जोर लुगा कपडा र राहत सामग्री भित्र पर्ने भाडा कुडा, कपडा लगाएत १२ वटा सामग्रीहरु सहयोग गरिनुको साथै कमलाका परिवारलाई नगर रु २ हजार समेत सहयोग गरिएको छ । शान्ति सामुदायिक विपद ब्यवस्थापन समिति दोधारा चाँदनीका भक्त बहादुर थापा मगरको संयोजकत्वमा एक कार्यक्रमको बिच अग्नी पिडित कमला दमाईलाई उक्त सामग्री र नगद रकम हस्तान्तरण गरिएको बताईएको छ् । स्थानिय विक्रम गुरुङ्गका अनुसार अग्नी पिडित कमलाको आगोले सबै धनमाल नष्ट गरेको हुदा मानविय नाताले शान्ती सामुदायिक विपद् ब्यवस्थापन समितिले सहयोग गर्ने जमर्को गरेको बताएका छन् । अग्नी पिडित कमला दमाईले पिडाको बेला शान्ती सामुदायिक विपद् ब्यवस्थापन समितिले गरेको सहयोग प्रति आभार प्रकट गर्दै धन्यबाद समेत दिएका थिए ।

सहयोग प्रदान कार्यक्रममा अग्नीपिडतका परिवारजन, शान्ती सामुदायिक विपद् ब्यवस्थापन समितिका पदाधिकारी तथा स्थानियहरुको उपस्थिती रहेको थियो । शान्ती सामुदायिक विपद् ब्यवस्थापन समितिले पिडाका सहयोग गरेको भन्दै स्थानियहरुले प्रशंसा समेत गरेका थिए ।


ताजा समाचार

spot_img