कञ्चनपुर

बल्चौर बन तथा वातावरणीय स्रोत विकास केन्द्र नेपालको आयोजना तथा नेपाल पानी परियोजनाको आर्थिक सहयोगमा यस भीमदत्त न.पा. वडा नं. ११ मा समन्वयात्मक बैठक बसेको छ ।

बैठकले महाकाली नदी उत्खनन क्षेत्रमा केही स्थानमा सूचना पाटीको आवश्यकता रहेकोले सूचना पाटी लगाउने साथै रामघाट माछा संरक्षण समूहलाई अगामी दिनमा परिचालन गरी नदी क्षेत्रमा हुने उत्खन्नलाई दिगो व्यवस्थापन गर्न भीमदत्तनगर पालिका सित अनुरोध गर्ने निर्णय गरिएको छ ।

उक्त बैंठक भीमदत्तनगरपालिका–११ का वडा अध्यक्ष प्रेम प्रसाद जैसीको अध्यक्षतामा भएको थियो भने वडाका सदस्य, रामघाट माछा संरक्षण समुहका संयोजक राम सुनार लगायत सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन बल्चौर बन तथा वातावरणीय स्रोत विकास केन्द्र नेपालकी फिल्ड अफिसर सारदा जोशीले गर्नु भएको थियो ।
