कञ्चनपुर

संसद पूर्नस्थापनासंगै एक संचार माध्यमममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपालमा कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा नेकपा अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली निकट विद्यार्थीले बिरोध प्रर्दशन गरेका छन ।

ओली निकट अनेरास्ववियूका केन्दीय सदस्य धर्मराज जोशीले नेपालको हित विपरित प्रचण्डले बोलेको बिरोधमा कञ्चनपुरको महेन्द्रनगरमा बिरोध प्रर्दशन गरिएको बताए । उनका अनुसार विभिन्न प्लेयकार्ड सहित बिरोध प्रर्दशन गरिएको छ । हामी सदैव जहिले पनि राष्ट्र र राष्ट्रियताको पक्षमा रहेकाले उनको दावि छ ।

ओली निकट अनेरास्ववियूका अर्का केन्दीय सदस्य कमल रोकायाले जनज्योति, रेडियन्ट, विज्ञान क्याम्पस चोक, मदनचोक क्षेत्रमा बिरोध प्रर्दशन गरिएको बताए ।
