कञ्चनपुर

फारवेस्टन कर्पोरेट क्रीकेट कप २०२१ को उपाधी लिटिल बुद्ध एकेडेमीलाई ! स्टार प्रोडक्सनको आयोजनामा आज सम्पन्न भएको फारवेस्टन कर्पोरेट क्रीकेट कप २०२१ को उपाधी लिटिल बुद्ध एकेडेमी हात पारेको छ । टस जितेर एन आइ सि बैंकले ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित ६ ओभरको खेलमा २ बिकेट गुमाउदै ८२ रन बनाउन सफल भएको थियो । एन आइ सि बैंकका लागि हरिश चन्दले १८ बलमा अबिजित ४७ रनको योगदान गरेका थिए भने सुनिल रावलले १२ बलमा २२ रनको योगदान गरेका थिए ।

लिटिल बुद्ध एकेडेमिका लागि घनश्याम भट्टले २ बिकेट हात पारेका थिए । ८३ रनको बिजयी लक्षका साथ मैदानमा उत्रेको लिटिल बुद्ध एकेडेमीले ४.२ ओभरमा ८८ रन बनाउदै ४ बिकेटले प्रतियोगितालाई आफ्नो पोल्टामा पार्न सफल भएको थियो । एन आइ सि बैंकका ज्ञानेद्र चन्दले १ बिकेट हात पारेका थिए । फाइनल खेलका म्यान अफ द म्याच लिटिल बुद्ध एकेडेमी पुनित ऐर घोषित भएका थिए । प्रतियोगिताका सिरिज सनराइज बैंकका हिक्मत ठकुल्ला , बेस्ट बलर एन आइ सि बैंकका सुनिल रावल र बेस्ट ब्याट्सम्यान लिटिल बुद्ध एकेडेमी राजेश बिष्ट घोषित भएका थिए । प्रतियोगिताको बिजेताले नगद १,०१,००० सहित आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र र द्दितिय हुने टिमले ५१,००० सहित आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगिताको सिरिजले नगद ५,००० सहित ट्रफी प्रमाणपत्र , बेस्ट बलरले नगद ३,००० सहित ट्रफी प्रमाणपत्र र बेस्ट ब्याट्सम्यान नगद ३,००० सहित ट्रफी र प्रमाणपत्र हात पारेका थिए । समापन कार्यक्रममा सभापती आशिष खत्री प्रमुख अथिती पूर्व संविधान सभा सदस्य तथा पूर्व जिल्ला विकास समिति सभापति बलदेब बोहरा विशिष्ट अथितिहरुमा एम डि ग्रुपका संचालक अमर बहादुर मल्ल , वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक अमर बहादुर माझी साथै अन्य अथितीहरुको उपस्थिति रहेको थियोे ।
