दोधारा

दोधारा चाँदनीको एक कच्ची घरमा एक घरमा आगलागी हुदा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ गुरुङ्ग टोलमा कमला दमाईको घरमा आज अपरान्हमा आगलागी हुदा करिब २ लाख रुपैयाँ बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् ।

घरमा रहेको सबै कुरा जलेर नष्ट भएको कमला दमाईलाई उद्धत गर्दै दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगरले जनाएका छन् । घरमा कोही नभएको बेला आगलागी भएको बताईएको छ् । आगलागीमा मानविय भने नभएको वडा सदस्य भुवन आले मगरले बताएका छन् ।

आर्थिक अवस्था दैनिय रहेको कमला दमाईलाई अबका दिन छाक टार्न समस्या पर्ने बताईएको छ् । आगलागीको खबर पाएपछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोली घट्ना स्थलमा पुगेको थियो । आगलागी कसरी भयो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरी श्रोतको भनाई रहेको छ् ।
