कञ्चनपुर

राष्ट्रिय युवा परिषद् कञ्चनपुरको अध्यक्षमा विवेक बोगटी नियुक्त भएका छन । युवा संघका नेता बोगटीलाई परिष्दले कञ्चनपुरको अध्यक्षमा नियुक्त गरेको हो । पुर्व क्रान्तिकारी विद्यार्थी नेता समेत रहेका बोगटीलाई परिषद्ले हालै जिल्ला अध्यक्षमा नियुक्त गरेको छ । दशक बढि समयदेखि विद्यार्थी राजनीतिमा लागेका बोगटी एनसीसी क्याम्पस काठण्माण्डौँको उप–सभापतिमा तत्तकालिन अखिल क्रान्तिकारीबाट चुनाव लडेका थिए ।

युवा परिष्द कञ्चनपुरको अध्यक्षमा चयन भएका बोगटीले युवाको हक अधिकारका लागि योजना अघि सार्नेै बताएका छन । ‘लागु औषधको दुव्र्यशनीमा लागेका युवालाई कुलतबाट मुक्त गराउनेछु, ‘उनले भने, ‘युवालाई क्रियात्मक काममा जुटाउनेछु ।’ परिष्दले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताए । परिष्दले कञ्चनपुरमा बोगटी सहित देशभरीका ७७ वटै जिल्लामा अध्यक्षलाई नियुक्त गरेको हो । युवाका लोकप्रिय नेता बोगटी परिष्द कञ्चनपुरको अध्यक्षमा चयन भएसंगै उनलाई बधाईको ओईरो आईरहेको छ ।

