कञ्चनपुर
भीमदत्त नगरपालिका अन्र्तगत पर्ने महाकाली नदीमा नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, वालुवा) उत्खन्न क्षेत्रको बल्चौर वन तथा वातावरणीय स्रोत विकास केन्द्र नेपालको आयोजना र नेपाल पानी परियाेजनाकाे आर्थिक सहयोगमा तल्लो महाकाली जलाधर क्षेत्रमा अनुगमन तथा छलफल गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा गएको अनुगमन टोलीले हेवी मेसिन (जे.सी.वी.,क्याभेटर) को प्रयोग नेदेखिएको, मानिसद्वारा बेल्चा, गौटीद्वारा सामान्य रुपमा ढुङ्गा, गिट्टी वालुवा संकलन गरिरहेको, आईईई क्षेत्र भित्र नै केन्द्रित रहेर मापदण्ड अनुसार उत्खन्न गरिरहेको, सुचना वोड र झण्डा राखेको पाइए पनि सबै क्षेत्रमा राख्नु पर्ने देखियो, समग्र रुपमा हेर्दा सामान्य रुपमा नै उत्खन्न भइरहेको जसका कारण जलचर प्राणीमा पनि त्यति धेरै प्रभाव नपरेको देखियो । यसरी गएको अनुगमन टोलीले केही सुधार गरेमा यस क्षेत्रको उत्खनन्मा असर नपर्ने र सबै कार्य मापदण्ड अनुसार नै भईरहेको जनाएको छ ।

उक्त अनुगमन टोलीमा भीमदत्तनगरपालिका बाट नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख शुशिला चन्द सिह, बल्चौर वन तथा वातावरणीय स्रोत विकास केन्द्र नेपालका अध्यक्ष तथा लम्की चुहा नगरपालिकाका कार्यपालिका सदस्य उजुर सिह सुनार, उक्त र्सस्था कि संयोजक ममता रावल, प्रशासकिय अधिकृत पुष्कर भट, वातावरण अधिकृत गणेश ठगुन्ना, समाजिक विकास अधिकृत गोमा अवस्थी लगायत नगरपालिका कर्मचारी, उत्खनन साईडका वडा अध्यक्षहरु को सहभागीता रहेका थियो ।

