संसद पूर्नस्थापना भएपछि प्रचण्ड नेपाल पक्षीय नेकपा कार्यकर्ताद्वारा खुसियाली जुलुस


कञ्चनपुर

सर्वोच्च आदालतले प्रतिनिधी सभा संसद विघटनलाई उल्ट्याउँदै संसद पूर्नस्थापना गरिदिएको छ । प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट संसद पुर्नस्थापना गरेको खुसियालीमा नेकपा प्रचण्ड नेपाल समुह कञ्चनपुरका कार्यकर्ताले महेन्द्रनगरमा जुलुस प्रर्दशन गरेका छन ।

मंगलबार साँझ महेन्द्रनगरमा नेकपा कञ्चनपुरका नेता कार्यकर्ता, प्रंचण्ड नेपाल समुहका जनप्रतिनिधी, विद्यार्थी, युवा नेता सहित नेकपा कञ्चनपुरका युवा नेताहरुको सहभागिता रहेको थियो । विजयी जुलुसमा जनताको जित प्रतिगमन हारेको दिन नेकपा जिन्दावाद भन्दै नाराबाजी गरेका थिए । सर्वोच्चले संसद पूर्नस्थापना गरेपछि देशभरी खुसियाली बनाईदैछ ।


ताजा समाचार

spot_img