आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउने भएका छन । बेदकोट नगरपालिका २ र ३ मा छेला औद्योगिक क्षेत्रको शिलान्यास लागि प्रधानमन्त्री ओली कञ्चनपुर आउन लागेका हुन । नेकपा ओली पक्षीय केन्दीय सदस्य तथा संविधान सभा सदस्य कृपाराम रानाले प्रधानमन्त्री ओलीले मुख्य गरेर छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेका लागि आउने बताए ।

दिउँसो १ बजेतिर कार्यक्रम रहेको छ । त्यसका लागि अघिल्लो दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास स्थलको अनुगमन गरेका छन । ‘दशकौँपछि कम्यूनिष्ट ओली नेतृत्वको सरकारले छेला औद्योगिक क्षेत्र बनाउने भएको छ, ‘संविधान सभा सदस्य रानाले भने, ‘यो ऐतिहासिक अवसर हो, अब यस क्षेत्रको विकासपनि हुन्छ ।’ प्रधानमन्त्री कञ्चनपुर आउने भएपछि कार्यक्रम स्थल लगायतको क्षेत्रमा तयारी भईरहेको उनले बताए । प्रधानमन्त्रीसंगै उद्योग पर्यटन तथा वाणिज्यमन्त्री लेखराज भट्ट लगायतका अन्य मन्त्रीसमेत कञ्चनपुर आउने भएका छन । यस अघि पनि पटक पटक मन्त्री भट्टले औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गर्दै आएका थिए । यस क्षेत्रका नेता, जनप्रतिनिधी एव स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधीले छेला औद्योगिक क्षेत्रको विकासका लागि पहल गर्र्दै आएका थिए ।

प्रंधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्तमसंगै विकासको क्रान्तिकारी छर्लाङ मार्ने ओली पक्षीय नेताहरुको भनाई छ । प्रधानमन्त्री सिधै हेलिकेप्टरबाट कार्यक्रम स्थल आउने भएपनि नेकपा स्थानीय पार्टी समेत कार्यक्रममा जुटेकोछ । नेकपा बेदकोट नगर अध्यक्ष एव ओली पक्षीय नेता लाल परियारले सम्माननिय प्रधानमन्त्री कञ्चनपुर आउने भएपछि सिङ्गो पार्टी हर्षित भएको बताए । उनका अनुसार नेकपा ओली पक्षीय युवा नेता बेदकोटका अगुवा सुभास पन्तको नेतृत्वमा युवा स्वयमसेवक परिचालन टिम परिचालन हुने बताए । बेदकोटभरीबाट जनताको सहभागिता गराईने छ । प्रधानमन्त्री कञ्चनपुर आउने भएपछि प्रशासन सुरक्षा निकाय एव आयोजक, नेताहरु केहीदिनदेखि कार्यक्रम स्थलमा खटिएका छन ।







