कञ्चनपुर,
जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा न.१० सडकघाट (नेपाल–भारत) कञ्चनपुरको सीमा क्षेत्र हो । सीमा क्षेत्रमा अनेकन विवाद आईरहन्छन । त्यसको प्रत्यक्ष असर किसानलाई पर्छ । सीमा क्षेत्रमा थुप्रै समस्यामा बाबजुत पनि सडकघाटका एक कृषकले आफ्नो कर्म गर्न भने छाडेका छैनन । जसमा स्थानीय किसान चक्र कठायत दुई दशकदेखि नियमित उखु खेतीमा जुटेका छन । नगदेबालीको रुपमा लिएको उखु खेतीमा राम्रो आम्दानी हुने भएपछि उनीले सीमा क्षेत्रमा अनेकन सकसका विच उखुखेती गरिरहेका छन ।

उनीसंग ५ विगाह जमिन छ, बाँकी जमिन भाडामा लिएर उखुखेती गर्दै आएका छन । यस बर्ष मात्रै उनले ३२ विगाहमा उखुखेती गरेका छन । बि.स २०५६ सालमा गाँउकै विद्यालयबाट एसएलसी उर्तिण गरेका कठायतले रोजगारीका लागि विदेश जान काठमाण्डौँ पुगेका थिए, तर त्यहाँ पुगेर विदेश जाने निर्णय रद्द गरे । ‘मैले बैदेशिक रोजगारी मलेसियाका लागि भिसा लगाएको थिए, ‘किसान चक्र कठायतले भने, ‘विदेश जाने लहर चलेर घरबाट ६० हजार रुपैया बोकेर काठमाण्डौँ गए, तर त्यहाँ पुगेरविदेश जान मन लागेर घर फर्किए, उखुखेतीमा जुटे ।’

बि.स २०५७सालदेखि नियमित उखुखेतीका जुटेको कठायतले गाँउमै चिनिमिल आएपछि बिक्रिका लागि सहज भएको बताए । पहिलो गाँउमा चिनिमिल नहुँदा भारत र कैलालीको चुहा चिनिमिलमा समेत उखु बेचेको बताउदै उनले बाह्य ठाँउमा उखु बिक्रि गर्दा समस्या झेल्नु परेको बताए । ‘हाम्रै देश कैलालीको चुहा चिनिमिलमा उखु बेचे साहुले पैशा नदिएपछि चिनी ल्याएर अशुले, ‘उनले भने, ‘भारतमा बिक्रि गर्दा समयमै रुपैया पाउन समस्या हुन्थ्यो, तर आजभोली गाँउमै चिनिमिल खुलेसंगै समयमै पैशा पाईन्छ ।’

५ विगाह आफ्नै खेत र बाँकी २७ विगाह जमिन भाडामा लिएर उखु खेती गरेका कठायतले प्रति एक विगाह बार्षिक ४० देखि ६० हजार भाडा तिरेर खेती गरेका छन । उनले उन्नतजातको अर्ली उखुखेती गरेका छन । यसका साथै अन्तरवाली समेत लगाएका छन । ‘जमिन समान भाडाको छैन, ‘उनले भने, ‘कतै कम कतै बढि मुल्यको पाईन्छ ।’ उनले स्वदेशमा उखुखेती गरेर स्थानीयलाई रोजगारी समेत दिएका छन ।
३० मजदुरले स्वदेशमै रोजगारी पाएका छन ।
३० मजदुरले स्वदेशमै रोजगारी पाएका छन ।‘टेक्टर चालकदेखि उखु गोडमेल गर्नेहरु छन, ‘उनले भने, ‘गाँउमै रोजगारी दिन पनि सफल भएको छु ।’ विदेश गएर फर्किएको भए आज यो प्रगति नहुने उनका भनाई छ । उनले बार्षिक ६० देखि ७५ लाखसम्मको उखु बिक्रि गर्दै आएका छन । जसमध्ये १५÷२०लाख रुपैया नाफा कमाएका छन । ‘सबै खर्च घटाएर मैले बार्षिक १५देखि २०लाख शुद्ध नाफा कमाएको छु, ‘उनले भने, ‘उखुकै आम्दानीबाट बाँकेमा एक विगाह जमिन खरिद र कोहलपुरमा घर घडेरी बनाएको छु, मेरा र भाईका छोराछोरी पनि त्यही बोडिङ्ग स्कुलमा पढ्छन ।’
उखु खेतीमा नलागेको भए आज आफ्ना छोराछोरीलाई राम्रो स्थानमा पठाउन नसकिने उनको भनाई थियो । सीमा क्षेत्रमा उखुखेती भएकाले कहिलेकाही भारतीय पक्षबाट उखु ओर्सान अवरोध हुने गरेको छ । ‘हाम्रो र भारतीयको खेत सीमामै छ, ‘उनले भने, ‘सीमाबाट संयुक्त सडक भएर हामीले उद्योगमा ढुवानी गर्नुपर्छ, तर कहिलेकाही भारतीय पक्षबाट अनावश्यक अवरोध हुन्छ ।’ कठायत बेलौरी क्षेत्रका सफल उखु किसान हुँदा समेत उनलाई स्थानीय सरकार, प्रदेश र संघ कुनैपनि सरकार निकायबाट अनुदान र समुहियत उनको मेहनतको कदर भने भएको छैन ।

केही मान्छे अनुदानका लागि खेती गर्ने पशुपालन गर्ने तर, उनले आफु मात्र नभई ३०जना मजदुरलाई कामदिदा समेत समेत उनलाई अनुदानको खाचो नपरेपनि राज्यले समान व्यवहार गरेको छैन । सुुदूरपश्चिम प्रदेश सरकारले मृख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रम अन्र्तरगत बेलौरीमा उखु खेती गरेको छ । तर, मेहनत गर्ने किसानले कुनैपनि सुविधा पाएका छैनन । बेलौरीका स्थानीय अगुवा लाल बहादुर शाहीले चक्र्र कठायत उखुका लागि नमुना कृषक भएको बताए ।
‘उनको मेहनतको अनुषरण अन्य युवाले पनि गर्नुपर्छ, ‘उनले भने, ‘चाहेपछि स्वदेशमै धेरै गर्न सकिन्छ ।’ अन्य किसानका लागि समेत कठायत प्रेरणाका स्रोत भएको बताए । बेलौरीमा उखु जोन बनाएको बताउदै यस्ता प्रेरणाका स्रोत किसानलाई समेत समेट्नुपर्ने उनको सुझाव छ । ‘राज्यका लागि कठायतले केही गरेका छन, ‘उनले भने, ‘कठायत जस्तै सबै किसानलाई आत्मनिर्भर बनाउनुपर्छ ।’ कृषिका थुप्रै सम्भावना भएकाले त्यसतर्फ समेत राज्यले युवालाई परिचालन गराउनुपर्ने उनको सुझाव छ । नेकपा नेता यज्ञ कडेलले इमान्दारत मेहनत सफल किसानको उदाहरण चक्र्र कठायत भएको बताए ।

‘यस्ता कर्ममुखी किसानलाई कसैले चिन्दैन, ‘उनले भने, ‘कठायतले आफु मात्र नभई स्थानीयलाई रोजगारी एव उद्योगका लागि कच्र्चा पदार्थ उत्पादन गरिहेका छन ।’ आत्मनिर्भर बन्नकालागि युजा विदेश होईन यस्तै बस्तु तथा सेवा उत्पादनमुखी काममा जुटनुपर्ने उनको सुझाव छ । ‘यहाँ त अनुदान लिएर खाने तर, काम नगर्नेलाई सरकारी निकायले अनुदान प्रोत्साहन एव सहयोग गर्छन, ‘उनले भने, काम गर्ने किसानको भलो छैन ।’ कञ्चनपुरको बेलौरी र पुनर्वास क्षेत्रका दुई चिनी उद्योग स्थापनासंगै सो क्षेत्रका किसान उखुखेती तर्फ आकर्षित भएका छन ।






