दोधारा

दोधारा चाँदनीमा नेपाल प्रहरीको आयोजनामा साप्ताहिक सरसफाई अभियान अघि बढाईएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको कमलशा बाबा मन्दिर हाता तथा बजार क्षेत्रमा शनिबार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले कमलशा बाबा मन्दिर समिति र नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा संग समन्वय गरि सरसफाई कार्यक्रम सम्पन्न गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् ।

प्रहरीको साप्ताहिकरुपमा संचालन हुदै आएको अभियान अन्तर्गत आज वडा नं. ७ को बाबाथान मन्दिर क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको प्रहरी निरिक्षक बमको भनाई रहेको छ् । कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बम, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई जनक कार्की, बाबाथान प्रहरी चौकी असई दान सिंह धामी, कमलशा बाबा मन्दिर समितिका संयोजक केशव प्रसाद बराल, कमलशा बाबा मन्दिर समितिका कृष्ण बहादुर शाही, मान सिंह सुनार, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल, उपशाखाका सचिव मोहन सुनार, कोषाध्यक्ष कमला उपाध्याय् लगाएत नेपाल प्रहरी जवान लगाएत स्थानीय सरसफाई कार्यक्रममा सहभागिता जनाएका थिए ।

समुदाय–प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत दोधारा चाँदनीमा नेपाल प्रहरीले सरसफाई कार्यक्रमको आयोजना गरेको हो । समुदायमा प्रहरी संग संगै छ भन्ने महसुस गराउन स्थानीय स्तरमा हुने अपराधिक कृयाकलापलाई न्यूनिकरण गर्न सहज होस भन्ने उद्देश्यले नेपाल प्रहरीले दोधारा चाूदनी नगरपालिका क्षेत्रका विभिन्न स्थानहरुमा रचनात्मक कृयाकलापहरु सञ्चालन गर्दै आएको छ् । केही दिन देखि नगर क्षेत्रका बिद्यालयहरुका बिद्यार्थीहरु संग ट्राफिक सचेतना, तथा हिंसा न्युनिकरण गर्ने बिषयमा अन्तरक्रिया गर्दै आएको हो । अभियानमा नगर क्षेत्रमा रहेका सार्वजनिक स्थलहरुमा पालैपालो छनौट गरी सोही स्थानका स्थानीयहरु संग समन्वय गरि सरसफाई गरिदै आएको प्रहरीको भनाई रहेको छ् । नगर क्षेत्रको आसपासका मुल सडक खण्डमा सरसफाई, बिद्यालय सरसफाई र पर्यटकीय क्षेत्रको सरसफाई गर्ने योजना प्रहरीको छ् । ‘नियमित काम त छदैछ समाजलाई सहयोग पुग्ने काम गर्नु हाम्रो दायीत्व हो ।’ सरसफाईमा खटिएका एक प्रहरीले भने ।
नेपाल प्रहरीले सरसफाई कार्यक्रम संगै ट्राफिक सचेतना, बालविवाह, बहुविवाह, घरेलु मदिरा हिंसा लगाएतका विषयमा जनचेतना फैलाउदै आएको भन्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले धन्यबाद दिएका छन् । पहिलेका समयमा प्रहरी संग बोल्न डर मान्ने स्थानियहरु हाल प्रहरी संग सहकार्य गर्ने क्रम बढेको उनको भनाई रहेको छ् । यसले गाँउ बस्तीमा हुने अपराधिक घटनाहरुको सुचना छिटै प्रहरी समक्ष आउने नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले बताए । दोधारा चाँदनीमा नेपाल प्रहरीको सरसफाई संगै जनचेतना अभियानमा आफ्नो संस्था नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा समन्वय गरि अघि बढ्न तयार रहेको उनले बताएका छन् । दोधारा चाँदनीमा नेपाल प्रहरीको सरसफाई संगै जनचेतना अभियानलाई स्थानियहरुले प्रशंसा गर्दै आएका
छन् ।






