किसानहरुलाई सुन्तला जातका फलफूल बगैचा पुर्नस्थापना तथा ह्रासरोग नियन्त्रण कार्यक्रम सम्पन्न

डडेल्धुरा

डडेल्धुराको भागेश्वर गाउँपालिकाका स्थानीय किसानहरुलाई सुन्तला जातका फलफूल बगैचा पुर्नस्थापना तथा ह्रास रोग नियन्त्रण सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । बाली संरक्षण प्रयोगशाला कञ्चनपुर, सुन्दरपुरको आयोजनामा संचालित सुन्तला जात फलफूलमा ह्रास रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण गोष्ठी आज भागेश्वर गाउपालिका–५ सिराड मा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा किसानहरुलाई सुन्तला जातका फलफूलमा लाग्ने रोगको जानकारी दिईनुका साथै त्यसको नियन्त्रणका लागि अपनाउन सकिने उपायहरुबारे जानकारी दिईएको थियो । कार्यक्रममा सहभागि सुन्तला किसानहरुले राखेका समस्याहरुको बारेमा कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशी लगायतका कृषि विज्ञहरुले प्रकाश पारेका थिए । बाली संरक्षण प्रयोगशालाले बार्षिक कार्यक्रम अन्तर्गत उक्त अभिमूखीकरण कार्यक्रम गरेको हो । अभिमूखीकरण कार्यक्रममा सहभागि किसानहरुले आफूहरु सुन्तलाको उत्पादकत्व बृद्धि ल्याउन समेत यस खालका कार्यक्रमको अपेक्षा राखेका छन् । गा पा अध्यक्ष कौशिल्ला भट्टले किसानहरुले विगतदेखि समस्या भोग्दै आएकोमा अव उक्त समस्याको निराकरण हुने बताउँदै पालिकाले यस्ता कार्यक्रममा सहकार्य र समन्वय गर्दैै आएको बताईन् । कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले किसानहरुलाई व्यावसायीक रुपमा कसरी सुन्तला खेती गर्ने र त्यसलाई दिगोपना दिने भन्नेमा कार्यक्रमको उपादयीता रहेको बताए ।

यस्तै, निर्देशनालय प्रमुख यज्ञराज जोशीले स्थानीय किसानहरुका बारेमा आफू पहिले देखि चिन्तीत रहेको र अहिले आएर सानै भएपनि कार्यक्रम गर्न सकिएकोमा खुसी लागेको बताए । उनले उक्त कार्यक्रममा सिकेका सिपहरुलाई कृषिसँग जोडेर व्यावसायी सुन्तला खेती गर्न किसानहरुलाइ सुझाव दिए । उक्त अभिमूखीकरण कार्यक्रममा कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्ट,कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशी,बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका प्रतिनिधिहरु,आलु सुपरजोनका प्रमुख, भागेश्वर गा पा का अध्यक्ष कौशिल्ला कुमारी भट्ट लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds