होटलमा वृद्ध मृत्य फेला

कञ्चनपुर

कञ्चनपुरको वर्ष पार्क स्थित शिगास दर्शन होटल एण्ड लजमा वृद्ध झुण्डिको अवस्थामा फेला परेका छन् । बुधबार बेलुका ६ बजे डोटी घर भएका सोही होटलमा काम गर्ने वर्ष ६५ का दल बहादुर पार्की होटलको माथिलो तल्लामा झुण्डिएका हुन् । विगत ७, ८ वर्ष देखि काम गर्दै आएका पार्की अत्याधिक मदिरा सेवन गर्ने होटलका सञ्चालक कृष्ण वि.क बताउछन् ।

नुहाउन जान्छु भनेर गएका पार्की धेरै बेर नआउदा काहाँ गएछन् भनेर हेर्दा उनि झण्डिएको अवस्थामा फेल परेको होटल सञ्चालकले बताए । पार्कीको शवलाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान भै रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार