निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाद्धारा दोधाराका एक क्यान्सर पीडित सहयोग


दोधारा 

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय दोधारा चाँदनीले क्यान्सर रोगबाट पीडित आफ्ना सदस्यलाई सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिका ६ रेशमी टोल महिला समूहकी सदस्य पार्वती देबी खत्रीलाई पाँच हजार सहयोग गरिएको हो । उनी केही महिना देखि क्यान्सर लागेपछि नियमित रुपमा औषधि खादै आएकी छन् । आज एक कार्यक्रमको बिच रेशमी टोल महिला समूहकी सदस्य पार्वती देबी खत्रीलाई पाँच हजार सहयोग गरेको निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय दोधारा चाँदनीका निमित्त शाखा प्रमुख दुखीराम बुढा थोकीले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकाका वडा नं. ६ का वडा सदस्य भुवन आले मगर र कायम मुकायम शाखा प्रमुख दुखीराम बुढाथोकीले सहयोग रकम हस्तान्तरण गरे ।

कार्यक्रममा दोधारा चा“दनी नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगरले संस्थाको सहयोगले परिवारलाई सहयोग पुग्ने उल्लेख गर्दै संस्थाले विपन्न समुदायका वासिन्दाको जीवन स्तर सुधारमा सहयोग गरेकोमा धन्यवाद दिए । उनले भने, ‘संस्थाबाट लिएको कर्जालाई सहि सदुपयोग गर्ने कुरामा जोड दिई संस्था प्रति धन्यवाद दिनुका साथै आगामी दिनहरुमा समेत दोधारा चाँदनी क्षेत्रका सबै विपन्न वर्गलाई पनि समेटेर वित्तिय तथा गैरवित्तिय सेवा प्रदान हुने गरी क्षेत्र विस्तार हुन आवश्यक छ ।’ कार्यक्रममा संस्थाका कायम मुकायम शाखा प्रमुख बुढाथोकीले निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले बिगत झण्डै ४ दशक देखि बिपन्न परिवारलाई आफनै घरको सदस्यझै भएर निर्धन उत्थानले साथ सहयोग दिएको बताए ।

उनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत क्यान्सर पीडित सदस्यलाई सहयोग गरिएको बताए । दोधारा चाँदनी क्षेत्रमा नेपालकै पहिलो तथा ठुलो लघुवित्त संस्थाले बिगत लामो समय देखि निरन्तर रुपमा यस क्षेत्रका बिपन्न वर्ग अन्र्तगतका महिला दिदी बहिनीहरुलाई समुहमा आबद्ध गराई वित्तिय तथा गैर वित्तिय सेवा दिदै बिपन्न परिवारका सदस्यहरुले बिनाधितो सामुहिक जमानीमा कर्जा लिएर सिपमुलक तथा ब्यवसायिक मुलक कार्य गरि दोधारा चाँदनी क्षेत्रका स्थानियले आफनो जीवन स्तरमा सुधार हुदै गएको बक्ताहरुले बताएका छन् । शाखाले निरन्तर रुपमा प्राकृतिक प्रकोप, दिर्घ रोगले ग्रसित बिरामी सदस्यलाई र्आार्थक राहत सहयोग गर्दै आईरहेको कार्यक्रममा बताईएको छ् ।

 


ताजा समाचार

spot_img