सशस्त्र प्रहरीद्वारा अबैध सामान बरामद


दोधारा

सशस्त्र प्रहरी ले विभिन्न स्थानबाट अबैध रुपबाट भन्सार छली ल्याएका सामानहरु बरामद गरेको छ् । सोमबार सशस्त्र प्रहरी बल नेपालको ३५ नं. गण हेडक्वाटर शैलेश्वरी कंचनपुर मातहत रहेका बोर्डर आउट पोष्ट ब्रह्मदेव कंकड आँपताल पुनर्वास र गड्डाचौकीबाट खटिएका सिमा गस्ती टोलीले विभिन्न स्थानमा अबैध रुपमा भन्सार छली भारतबाट नेपाल ल्याउदै गरेका सामानहरु बरामद गरेको छ् ।

जिउदो बोइलर कुखुरा, कपडा का थान, रेडिमेड कपडा, सुर्ती खाद्यान्न सामग्री किराना सामान कस्मेटिक सामान्हरु हल गोरु बयलगाडा र सिसौको काठ सहित करिब रु. ५ लाख २४ हजार ९ सय सत्तरी मूल्य बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी गराएका छन् । बरामद सामान मध्य बोइलर कुखुरा पशुक्वारेन्टाइन कार्यालयमा , सिसौको काठ डिभिजन बन कार्यलय कंचनपुर र मोटरसाईकल र अन्य सामान भन्सार मा बुझाएको उनले बताए ।

त्यसै गरी आइतबार भारत बाट अबैध रुपमा नेपाल ल्याउदै गरेको बोइलर कुखुरा, काटेको मासु , २ हजार गोटा चल्ला र विभिन्न प्रकारका कस्मेटिक र किराना सामान गरि करिब ३ लाख बराबर को सामान बरामद गरि सम्बन्धित निकायमा बुझाएको उनले बताए ।


ताजा समाचार

spot_img