सिमान्तकृत महिला र स्थानिय सरकार बिच संवाद कार्यक्रम सम्पन्न


 महेन्द्रनगर,

सिमान्तकृत महिला र स्थानिय सरकार बिच संवाद कार्यक्रम आईतबार बेलडाँडी गाउँपालिकामा सम्पन्न भएको छ । आसन्न आगामी गाउँसभाबाट सिमान्तकृत महिला खासगरी एकल, दलित र अपागंता भएका महिलाहरुलाई स्वरोजगार बनाउने खालका कार्यक्रमको योजना तर्जुमा गरी बजेट बिनियोजन गर्न स्थानिय सरकारका जनप्रतिनिधि तथा कर्मचारीलाई सचेत गराउन सिमान्तकृत महिला र स्थानिय सरकार बिच संवाद कार्यक्रम आयोजना गरिएको हो ।

मानव अधिकारकालागि महिला एकल महिला समुह कञ्चनपुरका कोषाध्यक्ष लक्ष्मी चन्दको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको प्रमुख आथित्वतथा उपाध्यक्ष कमला कार्कीको बिशिष्ट आथित्वमा सम्पन्न भएको थियो ।बेलडाँडी गाउँपालिकाका सिमान्तकृत महिलाहरु खासगरी दलित, एकल र अपागंता भएका महिलाहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याउन आगामी गाउँसभाबाट सिमान्तकृत महिलाको सीपबिकास गरी स्वरोजगार बनाई उनिहरुको जिविकोपार्जनमा सहयोग पुरयाउने खालका कार्यक्रम योजना तर्जुमा गरी आगामी गाउँसभाबाट कार्यक्रम स्वीकृत गरी बजेट बिनियोजन गर्न स्थानिय सरकारलाई सचेत गराउने उद्धेश्यले सिमान्तकृत महिला र स्थानिय सरकार बिच संवाद कार्यक्रम आयोजना गरिएको नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपालीले बताउनु भयो ।

कार्यक्रमा गाउँपालिका अध्यक्ष धनबहादुर थापा क्षेत्री ले सिमान्तकृत एकल महिलाको सीप बिकास गरी स्वरोजगार बनाउन यसै गाँउसभाबाट कार्यक्रम स्वीकृत गरी बजेट बिनियोजन गरिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँले समुदायले माग गरेका तालिमका आधारमा सिप सिकाई स्वरोजगार बनाउन पहल गर्ने बताउनु भयो ।

कार्यक्रम उपाध्यक्ष कमला कार्कीले सिप सिक्ने र सिकेको सीप ब्यवहारमा उतार्न आग्रह गर्दै गाउँसभाबाट एकल महिला, दलित महिला र अपागंता भएका महिलाहरुलाई कार्यक्रम र बजेट छुट्याईने प्रतिवद्धता गर्नु भयो । उहाँले गाउँपालिका र वडा बाट बिनियोजन गरिएको रकमका अतिरिक्त चार जना एकल महिलाहरुलाई ब्यक्तिगत रुपमा एक बर्ष सम्म सिलाई कटाई सिकाउन आफुले आर्थिक सहयोग गर्ने प्रतिवद्धता दोहारयाउदै भोली बाट नै सीप सिक्न जान आग्रह गर्नु भयो । कार्यक्रम मा सवै वडाका वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुले पनि आफ्नो वडामा एकल महिलाकालागि सीप बिकास र महिला शशक्तिकरणकालागि कार्यक्रम गरिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

मानव अधिकारकालागि महिला एकल महिला समुह कञ्चनपुरका कार्यक्रम संयोजक बिर बहादुर नेपालीले सहजीकरण गरेको संवाद कार्यक्रममा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्री, उपाध्यक्ष कमला कार्की, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त भट्ट, जिल्ला समन्वय समितिका सदस्य गुड्डी नेपाली, बेलडाँडी गाउँपालिकाका सवै पाँच ओटै वडाका वडा अध्यक्ष, महिला सदस्य, वडा सचिवहरु र सिमान्तकृत एकल महिला समुहका प्रतिनिधिहरु गरी साठी जनाको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img