कञ्चनपुर
विश्व कोरोनाको कारण आर्थिक तथा भौतिक रुपमा त्रसित भईरहेको बेला नेपाल सरकारले विभिन्न देशको सहयोगमा कोरोना विरुद्धको खोप लगाउदै आएको छ।

खोप अभियान अन्र्तगत कञ्चनपुर निजामति कर्मचारी र पत्रकार लाई खोप दिई रहेको छ । पहिलो चरणको पहिलो प्रथमिकतामा रहेका व्यक्तिहरुलाई खोप विहान १० बजे निजामती कर्मचारीहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले लगाएका छन् भने पत्रकारहरुको तर्फ बाट पत्रकार खेम भण्डारीले लगाएर शुरु गरेका छन् ।

आज भीमदत्त नगरपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयका कर्मचारी, पत्रकार र सञ्चारकर्मीलाई खोप दिइने छ भने ६ गते सम्म विभिन्न खोप केन्द्र मार्फत लक्षित समूहमालाई खोप दिने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।







