सुदूरपश्चिम प्रदेश लिग च्याम्पियन निसर्ग स्टार सिटि

कञ्चनपुर

सुदूरपश्चिम प्रदेश लिग अन्तर्गत निसर्ग स्टार सिटी युवा क्लब विजयी संगै लिग च्याम्पियन बनेको छ। अखिल नेपाल फुटबल संघको कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कैलाली र कञ्चनपुरका जिल्ला च्याम्पीयन टोलीहरु बीच प्रदेश लिग धनगढीको जुगेडामा समापन भएको हो।

पहिलो अवेय खेलमा स्टार सिटी ३–२ गोलले दिपज्योती लाई होम ग्राउन्डमा पराजित गर्दै आफ्नो दोस्रो दिनको खेल होम ग्राउन्डमा पनि हराएको छ। लिगको अन्तिम अर्थात दोस्रो दिनको खेलमा निसर्ग स्टार सिटि युवा क्लब धनगढीले दिपज्योती युवा क्लब हर्दुखाल कञ्चनपुर लाई २-१ गोलको अन्तरले हराउदै आफ्नो सुदूरपश्चिम प्रदेश लिग-२०७७ च्याम्पियन बन्न पुगेको छ।एन्फा अन्तर्गत आबद्ध रहेका कैलालीको जिल्ला च्याम्पियन निसर्ग स्टार सिटी युवा क्लबले कञ्चनपुरको जिल्ला च्याम्पीयन दीपज्योती युवा क्लबलाई पहिलो खेलमा पराजित गरेको थियो। प्रथम पुरस्कार १ लाख २५ हजार,दोस्रो पुरस्कार ७५ हजर हात पारेको छ ।प्रतियोगिताका उत्कृष्ट गोलरक्षक दीपज्योतीका आकाश बुढा भए ।उत्कृष्ट डिफेन्डर दीपज्योतीका अर्जुन विष्ट भए ।

लिगको पहिलो खेलमा जित हात पारेको स्टार सिटीले अब दोस्रो खेलमा जित हात पार्दै सिधैं प्रेसिडेन्ट कपका लागि छनोट भएको छ। दीपज्योतीलाई भने अगाडी बढ्न स्पष्ट जित सहित गोल अन्तरको आवश्यकता परेको थियो तर बिचमै पुर्ण बिराम लागेको छ । स्टार सिटीले अवे खेल जित्दा दीपज्योतीले होम एण्ड अवे खेल गुमाएको हो । सुदुरपश्चिम प्रदेश लिग विजेता टोलीले देशका सात वटै प्रदेशका विजेताहरु बीचमा हुने प्रेसिडेन्ट कप खेल्नेछ । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछन् । सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ । प्रथम सुदूरपश्चिम फुटबल लिग -२०७७ का सभापति सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ , धनगढी उपमहानगरपालिका नगर प्रमुख नृप बहादुर वड प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

ताजा समाचार

spot_img