कञ्चनपुर ,

सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुरको महेन्द्रनगरमा तृतीय स्व.साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता-२०७७ को तेस्रो दिनको खेलमा नेपाली सेनाको हक्की टिमले रोमाञ्चक जित हात पारेको छ।
तेस्रो दिनको पहिलो खेल प्रदेश न.२ र गण्डकी प्रदेश बिच भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकी प्रदेश लाई १-० गोलले हराएको छ। जसमा निर्धारित समयको ४३ औं मिनेटमा जर्सी नम्बर ९ कि कविता लामाले आफ्नो टिमाका लागि एक गोल गर्दै जित दिलाएकि छन् । दोस्रो खेलमा नेपाली सेनाको टमले प्रदेश नम्बर १ लाई पराकिलो गोलन्तरले हराउदै ११-० गोलको अन्तरले हराउदै तेस्रो जित हात पारेको हो। निर्धारित समयको ४,१७,३५ औं मिनेटमा जर्सी नम्बर ८ कि खेलाडी सितामाया चौधरीले ३, जर्सी नम्बर १७ ले ७,२०,३३, ४५ औं मिनेटमा निलिमा पाण्डेले ४ गोल, ३८,५५ औं मिनेटम जर्सी नम्बर ५ कि सरस्वती तामाङले २ गोल गरेकी छन् । भने ४५ र ५८ औं मिनेटमा जर्सी नम्बर ३० र २८ कि अञ्जना चन्द ठकुरी र मन्जु बिष्टले टिमको लागि एक-एक गोल गरेकी हुन।
प्रतियोगितामा नेपाली सेनाको टिमले ३ खेलमा जित हात पार्दै ९ अंकका साथ शिर्ष स्थानमा रहेको छ।
ओदोस्रो स्थानमा सुदूरपश्चिम प्रदेशले दुई खेलमा दुबै जित हात पार्दा ६ अंक,प्रदेश नम्बर -२ ले तीन खेलमा दुईमा हार बेहोर्नु पर्दा ३ अंक रहेको छ। भने गण्डकी प्रदेश र प्रदेश नम्बर .१ ले दुबै आफ्नो खेलमा पराजित हुँदा शुन्य अंक रहेको छ।
चौथो दिनको पहिलो खेल प्रदेश नम्बर .१ र प्रदेश नम्बर.२ ले दिउँसो २ बजे ,दोस्रो खेल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ।

जिल्ला हक्की संघ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा स्व.साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको आयोजना गरिएको हो।

जसमा सात प्रदेश मध्ये ६ नम्बर प्रदेश बाहेक र एक नेपाली सेनाको टिम सहभागि हुने आयोजकले बताएका छन् । प्रतियोगिता माघ २८ देखि उद्धघाटन संगै फागुन २ गतेसम्म संचालन हुनेछ ।






