कञ्चनपुर ,

कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा वडा स्तरिय क्रिकेट प्रतियोगितामा ५ नम्बर वडा च्यापियन बनेको छ । अल स्टार युवा क्लबको आयोजना र गाँउपालिकाको समन्वयमा शुरु भएको वडा स्तरिय क्रिकेट प्रतियोगितामा ५ नम्बर वडा च्यापियन बनेको हो ।सोमबार सम्पन्न भएको वडा स्तरिय छनौट प्रतियोगिता २१ माघदेखि शुरु भएको थियो । छनोट प्रतियोगिताको फाइनल खेलमा बेलडाँडी वडा न.१ लाई वडा न.५ ले १९ रनले हराउदै ५ नम्बर वडाको टिम विजेता भएको हो ।
जसमा वडा न.५ ले टच जित्दै पहिलो ब्याटिङ रोजेको थियो । निर्धारित समयमा १२ ओभरमा ८१ रनको टार्गेट दिएको थियो। उक्त लक्ष्य पन्छाउने क्रममा वडा न.१ १४.१ ओभरमा सबै विगेट गुमाउदै ६१ रन बनाउदा पनि जित भने दिलाउन सकेन् ।
कञ्चनपुर जिल्ला क्रिकेट संघले फागुन पहिलो साता देखि दोस्रो पालिका स्तरीय क्रीकेट प्रतियोगिता (२०७७ को आयोजनाका लागि बेलडाँडी गाउँपालिकाले वडा स्तरीय छनोट प्रतियोगिता माघ २१ गते देखि अलस्टार युवा क्लबको खेलमैदान आयोजना गरिएको क्लबका अध्यक्ष चेत बहादुर शाहले बताए ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा बेलडाँडी गाँउपालिका प्रवक्ता समेत रहेका १का वडाध्यक्ष अमर बहादुर खत्रीले पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकासमा जोडदिए ।

‘पहिलो तिहार चाडपर्वको अवसरमा प्रतियोगिता हुन्थे, ‘प्रवक्ता खत्रीले भने, ‘अहिले अन्य समयमा पनि भईरहेका छन, गाँउपालिकाले सक्दो सहयोग गर्छ ।’ बेलडाँडीका स्थानीय युवा अगुवा नरेन्द्र विष्ट, टिम प्रशिक्षक समेत रहेका दिपक खडका, विक्रम थापा सहितको सहभागिता रहेको थियो ।






