कञ्चनपुर,
महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता-२०७७ अन्तर्गत भोलि सेमिफाइनलका खेल हुने छ।

भोलि सोमबार पहिलो सेमिफाइनल खेल महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरीयाका बिच दिउँसो १२ बजे हुने छ भने दोस्रो सेमिफाइनलको खेल एमसिडिसी बेदकोट नगरपालिका वडा न.५ र पिएफए अत्तरीयाका बिचमा प्रतिस्पर्धात्मक खेल दिउँसो १:३० महेन्द्रनगरको खुलामञ्चमा संचालन हुने प्रतियोगिता संयोजक महेन्द्र चन्दले बताएका छन् । उनका अनुसार सेमिफाइनलका दुबई खेलमा जित हासिल गर्ने टिमले प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल कप-२०७७ को फाइनल प्रवेश गर्ने छन् ।

खेलकुद क्षेत्रलाई उजागरका साथै फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यहि माघ १२ गते देखि महेन्द्रनगरको खुल्लामञ्चमा आयोजना गरिएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरि क्षेत्रकै सर्वाधिक धनराशी भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप-२०७७ को उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदी द्धारा गरिएको थियो।

प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा चार समुहमा चार÷चार टिम रहि नकाउट आधारमा खेल खेलाइएको र प्रतियोगिता माघ २१ गते फाइनल संगै प्रतियोगिताको समापन हुने छ।
च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको आयोजकले जानकारी दिएको छ।
च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको आयोजकले जानकारी दिएको छ।





